शरद रेग्मी दाङ, १२ श्रावण

तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले नगरवासिहरुलाई स्वस्थ बनाउन आफुले यस बर्ष टोल टोलमा योग घरघरमा योग भन्ने अभियान अघि सारेको बताउनुभएको छ । उहाले नगरबासिहरुलाई सुखि,सम्बृद्दि र खुसि बनाउन आफुले विभिन्न माध्यमबाट भुमिका खेलिरहेको बताउनुभयो ।

आज आईतबार पतन्जलि योग रोग निवारण केन्द्र पार्टी प्यालेस तुलसिपुरले आयोजना गरेको सामुहिक योग शिबिरको शुभारम्भ गर्दै नगर प्रमुख पाण्डेले तुलसिपुर र सिङगो दाङ जिल्लालाई योगमय बनाउन र अझ धेरै जनमानसमा उत्साह जगाउन चर्चित भारतिय योग गुरु रामदेब बाबालाई तुलसिपुर ल्याउन आफु लागि परेको समेत जानकारी दिनुभयो ।

उहाले भन्नुभयो “सस्थागतरुपमा हरिद्वार पुगेर पहिलो चरणको बैठक बस्ने मिति तय भएको छ बाबालाई दाङ ल्याउदा यश क्षेत्रको बिकासमा समेत टेवा पुग्छ भन्ने अपेक्षा हामिले गरेका छौ“ ।

मेयर पाण्डेले भन्नुभयो “हामिले सस्थागतरुपमा पार्टि प्यालेस सेण्टरलाई जग्गा समेत उपलब्ध गराईसकेका छौ अब द्रुत गतिमा भवन निर्माणको कामको थालनि गर्नुहोस अन्तर्रा्ष्ट्रिय योग गुरु रामदेव बाबाले सुबिधयुक्त योग हलको उदघाटन गर्नुहुनेछ“ ।

उपमहानगरपालिका त्यसैको तयारीमा जुटदै छ उहाले सहभागी सबैलाई जानकारी समेत गराउनुभयो ।कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का प्रभारि योग गुरु प्रेम शाहले ब्यायम,प्रणाम र ध्यानले जिवनलाई स्वास्थ बनाउन मदत पुग्ने बताउनुभएको छ ।

उहाले भन्नुभयो “मानिसको ब्यस्त दैनिकी लाई तनाबमुक्त गर्न निरन्तर योग,साधना,सन्तोष र सकारात्मक सोचले मात्रै सम्भव छ “।

साथै उहाले योगका माध्यमबाट मात्रै सबै जातजाति,धर्म र सस्कृतिलाई जोडन सम्भब रहेको भन्दै यसमा सबै सहभागी हुनुपर्ने धारणा राख्नुभयो ।


कार्यक्रम तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर केसि,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीलगायतले पार्टि प्यालेस सेण्टरले निरन्तर सकारात्मक र सामाजिक क्षेत्रमा हातेमालो गर्न सफल भएको भन्दै प्रशशा ब्यक्त गर्नुभयको थियोे ।

सो केन्द्रमा बजारमा सबैभन्दा बढि योगका साधगिहरु दैनिकजसो योग गर्न बिहान चार बजे पार्टी प्यालेस पुग्ने गर्दछन सयोजक जानका गैरेले भन्नुभयो । गैरेका अनुसार सधैं जसो करिव एकसय पचास बढि बजार र आसपासबाट योग गर्न आउने गर्दछन योक्रम दिनहु बढदो रहेको छ ।

केन्द्रमा प्रशिक्षकहरुमा बामदेब धिताल ,डाक्टर अरुण श्रेष्ठ ,जिल्ला उपाध्यक्ष शिबकुमार शर्मा लगाायतकाले दिनहु प्रशिक्षण दिने गरेका छन भने । सेण्टरमा सुबिधायुक्त योग हल निर्माण गर्नका लागि युवा ब्यबसायि लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसिलाई सयोजकको जिम्मेवारी दियर भवन निर्माण समिति गठन गरिसकेको छ ।

Comments

comments