अमेरिकाको टेक्सस राज्य स्थित अस्टिनमा प्रहरी र प्रदर्शनकारी बिच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । जर्ज फ्लोएड हत्याको बिरोध प्रदर्शनमा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारीको मृत्यु भएको हो ।
प्रदर्शनमा २१ जना सुरक्षाकर्मी घाइते भएका छन् भने ४५ जना प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।
गत मे मा प्रहरी हिरासतमा मारिएका प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको घटनालाई लिएर सुरु भएको आन्दोलन हो । ३ महिना देखी चलिरहेको यस प्रदर्शन अझै पनि रोक्एिको छैन । यस बिचमा आन्दोलन उग्र बन्दै गएपछि अमेरिकाले न्युयोर्क, वासिंटन, म्यानहट्टन, सिएटल, लगायतका सहरमा कफ्र्यु आदेश समेत जारि गरेको थियो भने ।
जर्ज चिच्याइरहँदा पनि उनको घाँटी थिचिरहेको भिडिओ बाहिरिए पछि जसमा जर्जले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भनेर जीवन रक्षाको लागि अनुनय गरेका उनको अन्तिम बाक्यलाई प्रदर्शनकारीले नारा बनाएर आन्दोलन सुरु गरेका थिए । यस आन्दोलनमा विभिन्न स्थानमा प्रहरीका भ्यानमाथि आगजनी गर्नुका साथै आक्रमण भएको यस प्रदर्शनमा प्रहरीले पनि प्रदर्शनकारीको भीडलाई मिचेरै गाडी कुदाएपछि झन् हिंसात्मक वातावरण सृजना भएको थियो । यस आन्दोलनमा अमेरिका भरमा हाजारौंको संख्यामा प्रदर्शनकारीहरु यस अघि पक्राउ परिसकेका छन् ।
जर्ज फ्लोयडको घाँटीमा घुँडा धसेका निलम्बित प्रहरी अधिकारीलाई तेस्रो डिग्री हत्या र दोस्रो डिग्री नरसंहारको मुद्दा लगाइएको थियो ।
प्रतिक्रिया