US Khabar

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु – मृतकको संख्या ४८ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु – मृतकको संख्या ४८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा, धनुसा र बाराका ३ जना पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

यस अघि संक्रमणबाट शुक्रबार पर्साको वीरगञ्जकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो भने बिहिबार वीरगन्जको माइस्थानका ४० वर्षीय पुरुष, बुधबार धनुषाका ६० वर्षीय पुरुष र पोखरा बस्ने ४९ वर्षीया एक चिनियाँ महिलाको मृत्यु भएको थियो।

मन्त्रालयका अनुसार सोमबार थप १३९ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितको संख्या १८ जहार ७५२ पुगेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!