US Khabar

भारतको मुम्बई स्थित एकै अस्पतालका २९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

भारतको मुम्बई स्थित एकै अस्पतालका २९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना संक्रमणका कारण भारतको एक अस्पतालमा कार्यरत २९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । भारतको मुम्बई स्थित वोकहार्ट अस्पतालमा २६ नर्स र तीन चिकित्सकलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

एकै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा एकसाथ संक्रमण देखिएपछि अस्पताल अस्थायीरुपमा बन्द गरिएको छ । बिरामीको उपचारमा खटिएका यति धेरै नर्स तथा चिकित्सकहरुमा एकसाथ संक्रमण पुष्टी भएपछि यतिबेला अनुसन्धान गर्न छानबिन टोली गठन गरिनुका साथै उक्त अस्पतालभित्र कसैलाई पनि प्रवेश गर्न र भित्र रहेकाहरुलाई बाहिर जानबाट रोक लगाइएको छ । (एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!