समाजवादी पार्टीका एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ । कपिलवस्तु शुद्धोधन गाउपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको हो ।

दिउँसो २ बजे शुद्धोधन–६ टिटिरियामा गोली प्रहार भएको हो । मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए । बाँया पाखुरामा गोली लागेका यादवको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनि खतरामुक्त छन् ।

शुद्धोधन गाउपालिका वडा नम्बर ५ हथियाबासी यादव पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार समेत हुन् । गोली कसले के कारणले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Comments

comments