US Khabar
  • पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकको सञ्चार सिकाई पुस्तक ‘पव्लिक स्पिकिङ’ बजारमा

    - Admin | ७ दिन पहिले प्रकाशित

    पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकको सञ्चार सिकाई पुस्तक ‘पव्लिक स्पिकिङ’ बजारमा

     पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकको पत्रकारिता, उद्घोषण तथा तथा भाषण कला सम्वन्धि पुस्तक ‘पव्लिक स्पिकिङ’ सार्वजनिक भएको छ । सोमवार प्रकाशन गृह ब्रदर बुक्सले पुस्तक सार्वजनिक गरेको हो । पत्रकार महासँघका पूर्व केन्द्रिय सदस्य ईश्वरीप्रसाद वाग्ले, प्रकाशक यज्ञराज न्यौपाने र बद्रि अधिकारीले पुस्तक सार्वजनिक गरेका हुन् । कोभिड १९ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रकाशन गृहमै पुस्तक सार्वजनिक गरिएको लेखक जितेन्द्र रसिकले बताए ।

    पुस्तक पत्रकारिता सिक्न चाहाने र उद्घोषण र भाषणकला सिक्न चाहने जो कोहिलै उपयोगी रहेको पत्रकार महासँघका पूर्व केन्द्रिय सदस्य ईश्वरीप्रसाद वाग्लेले बताए । लेख जितेन्द्र रसिकले नेपाल जस्तो विकासोन्मुख मुलुकमा पनि सञ्चार र सञ्चारगृह व्यावसायिक रूपमा अघि बढ्न थालेको इतिहास धेरै लामो नभएको बताए । पछिल्लो समय सञ्चार क्षेत्रमा आकर्षण भने बढ्दो रहेको बताए । लेखक रसिकले पुस्तक सञ्चार क्षेत्र वा उद्घोषण क्षेत्रमा आउन चाहनेहरूका लागि यो पुस्तकले सघाउने बताए ।

    २० वर्ष पत्रकारितामा काम गरिसकेका रसिकले आफ्नो अनुभव नयाँ पुष्ताका लागि उपयोगी हुने भएकाले रेडियो, टेलिभिजन, पत्रिका र अनलाइन पत्रकारितामा आउन चाहनेहरुका लागि सरल भाषामा सिकाई गर्न सकिने गरि पुस्तक लेखिएको बताए । लेखक रसिकले भने, ‘सञ्चारमा आउन चाहने वा घरैमा बसेर पनि बोल्ने कला र व्यक्तित्व विकासका लागि यो पुस्तकले सघाउनेछ ’ पुस्तकमा सङ्क्षिप्त रूपमा विश्वकै र नेपालको आमसञ्चार र सञ्चारको इतिहासदेखि, रेडियो, टेलिभिजन, छापा पत्रकारिता अनलाइन, उद्घोषण (रेडियो उद्घोषण, टेलिभिजन उद्घोषण, औपचारिक वा कार्यक्रम उद्घोषण) र भाषणकलालगायतका विषयहरू समेटेका छन् । यो कृति रसिकको दशौं कृति हो । उनका ग्रैह्र साहित्यका यो सहित ३ कृतिहरु अलकापुरी भक्तपुर (सम्पदा नालीबेली –२०७५)सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी –२०७६ ) प्रकाशति छन् । त्यस्तै साहित्य तर्फ विभिन्न विधाका ७ कृतिहरु हृदयस्पर्शी छालहरू (गजल सङ्ग्रह –२०६३),तारापुञ्ज (फाँचल सङ्ग्रह –२०६५), एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह –२०७२), काफिया (गजल सङ्ग्रह–२०७३), हावा फल्ने रुख (बालचित्र कथा–२०७३), लज्जावती (उपन्यास –२०७३), एङ्ग्री बर्ड (अंग्रेजी बालकथा सङ्ग्रह –२०७४) प्रकाशित छन् ।

    पुस्तक केहि दिनमै देशका सबै पुस्तक पसलहरुमा पुग्ने वितरक तथा प्रकाशक यज्ञराज न्यौपानेले बताए । १८२ पृष्ठमा रहेको पुस्तक ‘पव्लिक स्पिकिङ’को मुल्य २५० रहेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">