गैह्र आवासीय नेपाली संघ(एनआरएनए)को आईसीसी निर्वाचनमा महासचिव पदका लागि डा केशव पौडेलले उमेद्वारी दिदैंछन् । एनआरएनए अमेरिकाको अध्यक्ष पदमा लगातार दुई कार्यकाल (२०१५-०१७ र २०१७-०१९) का लागि निर्वाचित डा पौडेल पेसाले चिकित्सक हुन् । तनहुँको सतिश्वारा गाविस ९ मा साधारण परिवारमा जन्मिएका पौडेलको परिवार हाल तनहुँको व्यास नगरपालिका वडा न ९ मा बस्दै आएका छन् । स्कुले जीवनबाट नै मेधावी बिद्यार्थीको छवि बनाएका पौडेलले २०४६ सालमा महेन्द्र मा.वि.तनहुँबाट एसएलसी पास गरेका हुन् ।

बिद्यार्थी राजनितीमा समेत सक्रिय उनि त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वतन्त्र विद्यार्थी यूनियनको सभापती, फ्याकल्टी बोर्ड विद्यार्थी प्रतिनिधि, प्राविधिक विाद्यार्थी संघको अध्यक्ष तथा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रिय सदस्य रहेका डा. पौडेल लामो समयदेखी अमेरिकाको न्यु मेक्सिको राज्य रहँदै आएका छन । आईसीसी निर्वाचनमा अमेरिकाबाट प्रतिनिधित्व गर्दै महासचिव पदमा उमेद्वारी दिंदै गरेका पौडेलसंग निर्वाचन लक्षित रहेर यूएस खबरकर्मी सुष्मा देवकोटाको सहयोगमा किशन रेग्मीले गरेको कुराकानी

-चुनावी तयारी कस्तो छ ?

तयारी एकदमै राम्रो छ । निर्वाचन हो, एक दिनमा या रातारातको तयारी हुने कुरा होईन । एनआरएन आवद्ध भएका सुरुवाती दिनदेखी अहिले सम्म मेरो ब्यक्तीगत र संस्थागत जीम्मेवारीप्रतिको सबैको धारणा अनुसार तयारी निर्धारण हुने हो । के कस्ता कार्यक्रम गरियो, सोचेजस्तो काम गर्न सकिया या सकिएन, कसरी मान्छेहरुको मन छुने किशिमका ब्यवहार गर्न सकियो लगायतका कुराहरुले नै तयारीलाई प्रभाव पार्छ जस्तो लाग्छ । पनि बिगत ५ ÷६ बर्षदेखी एनआरएनएमा मैले सक्रियता पुर्वक गरेको कामहरु नियाल्नु भएका सबैको सकारात्मक उर्जा म संग छ त्यसैले मेरो तयारी राम्रो छ जस्तो मलाई लागेको छ ।

-भर्खरै एनआरएनए अमेरिकाको २ कार्यकाल सक्कियो फेरी बिश्राम नै नलिई तपाँई यस पटक कै आईसीसी महासचिवमा उमेद्वारी दिदै हुनुहुन्छ । यो पदप्रतिको मोह हो ?

यो पदप्रतिको मोह होईन समाजसेवाको नसा हो । बिश्राम भन्ने कुरा अचम्मको हुँदोरहेछ । समाजसेवामा लागेपछि बिश्राम भन्दा पनि यो एक प्रकारको नसा बनेर, आदत बनेर मनमा बस्ने कुरा रहेछ । काम गर्न पाईएन भने केही नभएको जस्तो लागिरहन्छ त्यो स्वभाविक कुरा हो । म सानै उमेरबाट समाज सेवामा लागेको हुँ । कक्षा ६ मा पढ्दा जुनियर सर्कलको अध्यक्ष हुँदा देखी अहिले सम्म केही न केही रुपमा समाजसेवामा आवद्ध छु ।

एनआरएनए अमेरिकाको २ कार्यकालको नेतृत्वमा रहँदा सारा सुभेच्छुक साथीहरुदेखी साधारण सदस्य सम्मले मलाई सहयोग गर्नुभयो । उहाँहरु सबैको चाहना र आकांक्ष एनआरएन अमेरिकाले आईसीसीमा प्रतिनिधित्व गरोस्, अथवा एनआरएन अमेरिकाको पहुँच आईसीसी सम्म पुगोस् भन्ने छ । त्यसैले म ब्यक्तीगत रुपमा थाकेको जस्तो बाहिरबाट देखिएपनि या साथीहरु सुभेच्छेकहरुलाई आराम चाहिएको जस्तो लागेको भएपनि मैले सोच्दा यो समय आराम गर्ने समय होईन एनआरएन अमेरिकालाई प्रतिनिधित्व गर्नका लागि अगाडी बढ्नु पर्ने समय हो यहि सोचले मलाई थकान महशुष पनि भएको छैन ।

धेरै साथीहरु, सुभेच्छुकहरु, सुभचिन्तकहरुको मायाले मलाई अत्यन्त ठुलो उर्जा मिलेको छ । मेरो परिवारको पनि अत्यन्त ठुलो सहयोग छ मलाई । यो म प्रतिको विश्वासलाई कायम राख्नु छ त्यसैले यो बिश्राम भन्दा ज्यादा काम गर्ने समय हो । आईसीसीमा रहेर एनआरएन अमेरिका र सम्पुर्ण संरचनामा प्रभाव पार्न सक्ने समय हो यो त्यसैले मैले बिश्राम लिनुपर्ने अवस्था र आवश्यकता छ जस्तो मलाई लाग्दैन ।

– समर्थन कस्तो पाउनु भएको छ ? तपाँई निर्वाचित हुने सम्भावना कत्तीको छ ?

समर्थनको एक्ज्याक्ट नम्बर भन्ने त भन्ने त हुँदैन । तर लामो समयदेखी एनआरएन आवद्ध रहेकाले म जहाँ म जान्छु त्यहाँ तपाँईले एउटा सक्रिय भुमिका लिईदिनुपर्यो भनेर प्रायले भनेको सुन्ने गरेको छु पहिलेदेखीनै । त्यसैले म अत्यन्त उत्साहित छु । जो प्रस्तीस्पर्धी भएर आउन खोज्नु भएको छ उहाँहरुबाट पनि पनि तपाँईजस्तो मान्छे महासचिव पदमा आउन पर्छ, हाम्रो समर्थन र सहयोग छ, कसरी मिलेर जान सकिन्छ जाऔं भन्ने कुराहरु आएका छन् । यो मेरो भाग्य पनि होला, म जहाँ पुगेको छु त्यहाँ तपाँईसंग हामी छौं तपाँई आउनु पर्छ भनेकाले पनि यो निर्वाचनलाई लिएर म एकदमै उत्सुक र उत्साहित छु ।

मैले अहिले सम्म बाहिर एकाध ब्यक्तीले सामाजिक संजाल आर्टिकलमा केही गुनासो र चित्त नबुझेका कुरा पोष्ट गर्दै आउनु भएको भएपनि जहाँ एनआरएनको कुराहरु आउँछन् यहाँ सम्पुर्ण रुपमा मैले सहयोग पाएकाले म उत्साहका साथ यो निर्वाचनमा जाँदैछु । गणितिय रुपमा यति नै भनेर भन्न नसकेपनि म प्रतिको धारणा र विश्वासलाई हेर्दा म संग धेरै सामर्थकहरु हुनुहुन्छ । त्यसैले पनि मलाई लाग्छ सबैतिरबाट यो निर्वाचनमा मलाई ठुलो सहयोग मिल्नेछ ।

-तपाँई पेसाले चिकित्सक, लामो समय देखी एनआरएन आवद्ध ब्यक्ती र ४ बर्ष सिंगो अमेरिकाको नेतृत्व लिएर बसेको ब्यक्ती । तपाँईले संस्थागत र ब्यक्तीगत रुपमा स्वस्थ्य क्षेत्रमा गरेका उल्लेखनिय कामहरु बताईदिनुस् न ?

तपाँईले समसामयिक प्रश्न सोध्नु भयो । म एनआरएनमा लाग्नु भन्दा पहिलेबाट नै नेपालको चिकित्सक क्षेत्रमा केही गर्न पर्छ भन्नेमा नै थिएँ त्यसैले नेपालका साथीहरुसंग सम्पर्क पनि गरें । नेपाल अमेरिका मेडिकल फाउण्डेसनमा आवद्ध रहेर सक्रियरुपमा काम गर्नुका साथै बोर्ड अफ मेम्बर र सल्लाकारको रुपमा रहेर पनि काम गरें । तर ममा एउटा सिधान्त के जन्मियोे म एउटा स्वास्थ्यकर्मी हुँ मैले एक पटकमा एक जना बिरामीलाई निको पार्न सक्छु । तर म समाज र समुदायमा आएर काम गर्न सके भने एक पटकमा धेरै मानिसको जीवनमा प्रभाव पर्न सक्छ भन्ने सोचेर एनआरएनमा लागेको हुँ । मैल ब्यक्तीगत रुपमा कहिँ कसैलाई स्वास्थ्य सम्बन्धी या अरु कुनै बिषयमा सहयोग गर्ने भन्दा पनि पोलिसी निर्माणको हिसावले अथवा सामुहिक मान्छेहरुको दैनिक जीवनमा आईपर्ने सम्पुर्ण कुराहरुमा कसरी सहयोग गर्न सकिन्छ भन्ने हामी लाग्यौं ।

स्वास्थ्य सम्बन्धी कुरा गर्ने हो भने अमेरिका नेपाल मेडिकल फाउण्डेसन कोल्याबे्रसनमा काम गरि रहेका छौं । नेपालमा गएको बिनासकारी भुकम्पका समय २४ जनाको स्वास्थ्य टोली अमेरिकाबाट लिएर गएर नेपालका दुर्गम ठाउँहरुमा गएर काम गरेउँ । बिभिन्न हेल्थ सेन्टरहरुलाई सहयोग गर्ने बतावरण पनि सृजना गरेका छौं । एनआरएनए अमेरिका मार्फत हेल्थ एण्ड वेल्थ फियर कमिटी भनेर डा संजिव उप्रेतीको नेतृत्वमा समुदायलाई फाईदा हुने थुप्रै कामहरु गरेका छौं । ब्यक्तीगत रुपमा १ जना २ जना ब्यक्तीलाई समहयोग गर्ने कुरा बेग्लै हो । त्यो भन्दा पनि एउटा राम्रो पोलिसी निर्माण गरेर सम्पुर्ण संस्थाका लागि कसरी सहयोग गर्न सकिन्छ भनेर लागेका छौं । त्यस अनुरुप धेरै कामहरु गरिएको छ र हामीले प्रयासहरु सुरु गरेका छौं । पक्कै पनि आगामी दिनमा पुर्ण नतिजा आउने छ भन्नेमा हामी विश्वस्त छौं ।

-महासचिव पदमा यदि तपाँई निर्वाचित हुनुभयो भने अमेरिकाबासी नेपाली समुदायका लागि के फाईदा हुन सक्छ ?

म एनआरएन आईसीसीमा महासचिव रुपमा जाँदै गर्दा पहिलो कुरा अमेरिकाको प्रतिनिधित्व गरेर जाने हो । तर त्यो मात्र नभै संसारभरका एनआरएनलार्ई मैले प्रतिनिधित्व गर्ने हो । मैले जुनसुकै देशका जुन सुकै अवस्थामा रहेका एनआरएनलाई पनि प्रतिनिधित्व गर्नुपर्छ । चाहे त्यो अष्टेलया होस चाहे युरोप जापान होस् या अन्य सबै देशहरु मेरो दाहित्व बरावर नै हुन्छ । अमेरिकाको लागि बिषेश कसरी हुन्छ भने म आफु यहिँ रहेकाले अमेरिकाका समस्यालाई बढि नजिक बाट चिनेको र भोगेको हुनाले यहाँका समस्या के के हुन् र तिनलाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा मेरो बिषेश दख्खल पनि हुन्छ र दाहित्व पनि हुन्छ त्यो म गर्छु ।

मुख्य गरि अमेरिकामा बस्ने साथीहरुको समस्या भनेको अमेरिकामा आईसकेपनि नेपाल फर्कने सम्भावना अत्यन्त न्युन हुन्छ । त्यसकारण नागरिकाताको समस्या,गैर आवासिय नेपालीहरुको समस्या, नेपाली लगानी गर्दा नेपाल र अमेरिका दुवैमा ट्याक्स तिर्नुपर्ने समस्या, युथहरुलाई कसरी एनआरएनमा ल्याउने लगायतका मुख्य कुराहरु हुन् । संसारभरमा देखिएका समस्याहरु एउटै किशिमले समाधान गर्नुपर्ने जिम्मेवारी म संग रहन्छ र अमरिकाका रहेका साथीहरुको समस्यालाई नजिकबाट चिनेकाले ति समस्यालाई सबै सामु देखाउने र समाधानका लागि पहल गर्ने काम म बाट संधै हुनेछ ।

-विश्व नेपाली समुदायलाई जोड्न स्थापित सामाजिक संस्था एनआरएनप्रति जुन आकर्षण प्रवासी नेपालीमा हुनुपथ्र्यो त्यो हुन सकेको छैन । यस्तो किन भै रहेछ ? तपाँईहरु कहाँनेर चुक्नुभयो ?

कमजोरी सबैको हो तर म के भन्छु भने एनआरएन मोमेण्ट रसिया र ईंल्याण्डबाट सुरु भएर अहिले ८० वटा देशहरुमा यसका साखा स्थापना भएका छन् भने ७० हजार भन्दा बढि नेपाली सदस्य छन् । बिगतका बर्षहरुमा एनआरएनए अमेरिकामा १४\१५ हजार सदस्य बनाएर पहिलो नं थियो अहिले अष्टेलीया र ईंल्याण्ड अझै धैरै मेम्बर बनाउने पोलिसी ल्याएर अगाडी प्रतिस्पर्धामा छ । एनआरएन नेतृत्वलाई अगाडी बढाउने काम एकदमै धेरैे भएको छ । हाम्रा आकांक्ष र अपेक्षा धेरै थिए र छन् । समस्याको समाधान भोली होईन आजै गदियोस भन्ने अपेक्ष सबैको छ । नेपाल सरकारले गर्न नसक्ने काम पनि एनआरएनले गरोस् भन्ने सबैको चाहना छ । यहि चाहना र अपेक्षा अनुरुप हामीले गर्न नसकेको पक्कै हो । एनआरएनको दाहित्व संसारभरका नेपाली प्रतिको हो । यति बिसाल दाहित्वलाई निर्भाह गर्न सहज पनि छैन । तर हामी यसैका लागि आएका हौं यो हाम्रो जिम्मेवारी हो त्यसैले भविश्यमा नेपाल सरकारसंग र हामी जुन देशमा छौं त्यो देशका लोकल गभरमेण्टसंग सहकार्य गरेर एनआरएनका मुद्धाहरुलाई हामी शशक्त रुपमा उठाउछौं, एनआरएन आजको भन्दा अझै लोकप्रिय हुनेछ । एनआरएनको दुख सुखमा साथ दिनेछ भन्नेमा म विश्वस्त छु ।

-एनआरएनको योजना भित्र प्रवासमा रहेका मिडिया कहिल्यै परेनन् । जवकी तपाँईहरुको सुचना प्रवासी नेपाली समुदाय र नेपालसम्म पुर्याउने सेतुका रुपमा यिनै मिडियाहरु रहेका छन् । तपाँईहरुलाई थाहा पनि छ, प्रवासबाट सञ्चालित मिडियाकर्मी मुस्कीलले अन्य कामबाट बचेको समय निकालेर सुचना प्रवाह गरिरहेछन् । प्रवासी मिडिया प्रति एनआरएनको दाहित्व रहँदैन ?

एकदमै जायज प्रश्न गर्नु भयो । म संधै सिस्टममा बिश्वास गर्ने मान्छे हो । त्यही कारणले म एनआरएनमा आवद्ध भएदेखी नै यो बिषयलाई आफ्नो तर्फवाट उठाएकै छु । एउटा उदाहरण अमेरिकामा नेपाली पत्रकारहरुको संस्था नेजा भन्ने छ । नेपालमा पत्रकार महासंघ छ । नेजा र पत्रकारसंगलाई कसरी कोल्याव्रेट गरेर हाम्रा कुराहरु बाहिर लान सकिन्छ भनेर प्रयास गरें । त्यसै प्रयासको फलस्वरुप आफ्नो एउटा कार्यकालमा नेजाको बोर्ड अफ डाईरेक्टरलाई नै मिडिया संयोजक बनाएँ । तर के हुँदो रहेछ भने पत्रकार हुँदैमा अथवा एनआरएनएमा लाग्दैमा उनिहरुको भावना, उदेश्य र मनोगत मनोभावना हामीले बुझ्न सकिदो रहेनछ । ब्यक्ती संस्थामा लाग्यो भन्दैमा हुँदो रहेन छ, ब्यक्तीको अन्तरनिहित भावना के छ त्यसले असर पार्छ । त्यसैले मैले चाहेर पनि अथवा एनआरएन नेतृत्वले चाहँदा चाहँदै पनि जुन किशिमले यस बिषयलाई उठान गर्नुपर्ने हो त्यो गर्न सकिरहेका छैनौं । हामी सुधारोन्मुख छौं, र भविश्यमा अझै सुधारगर्न सकिन्छ भन्नेमा म आसावादी छु ।

यसका लागि एनआरएनमा लागेका ब्यक्तीहरुले र नेतृत्वले मात्र होईन तपाँईहरु आफैं समाजको एउटा बलियो अंग भएकाले कसरी सहकार्य गर्न सकिन्छ सुझावहरु दिनु । पत्रकारको संस्था छ, तपाँईहरु पनि एनआरएन हो, तपाँईहरुले पनि कमसेकम सहयोग गरिदिए राम्रो गर्न सकिन्छ तर आज सम्म हामीले गरेका कामबाट हामी सन्तुष्ट हुन सकेका छैनौं । मिडिया संयोजक बनाउदा पनि कुनै परिवर्तनको अनुभुती गर्न नसकेकाले आगामी दिनमा कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा हामी सचेत छौं, सोचेका छौं । तपाँईहरु जस्तै साथीहरुको सहयोग, सल्लाह सुझावले अझै राम्रो गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।

-यदि तपाँई पराजित हुनु भयो भने के हुन्छ ?

केही हुँदैन म विशुद्ध सामाजिक भावले एनआरएन मोमेण्टमा लागेको मान्छे हुँ निरन्तर एनआरएनए मै हुनेछु । चुनावी प्रतिष्पर्धा भनेको एउटा अंकगणितिय खेल मात्र हो । मैले चुनावमा जिते भने काम गर्छु । हारें भने पनि बाहिर बसेर जितेका साथीहरुलाई सहयोग गर्छु । मलाई जित र हारबाट कुनै समस्या आउँदैन र फरक पर्दैन । मेरो एनआरएनप्रतिको आस्था जित्दा पनि हार्दा पनि उत्तीकै रहन्छ ।

Comments

comments