नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन मिती तय भएको छ । एनओसीको बोर्ड बैठकलेचुनाव आउँदो सेप्टेम्बर ६ अर्थात भदौ २० निर्वाचन मिती तय गरेको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले प्रस्तावित मितिलाई स्वीकृति प्रदान गरेर एनओसीले नयाँ चुनावको मिति तोकेको हो । बैठकले चुनाव सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । यसअघि १७ सदस्यीय समितिको संख्यालाई बढाउँदै १९ सदस्यीय समिति हुने भएको छ ।

एनओसीमा मताधिकारको अधिकार भएका कुल संघहरू २७ ओटा रहेका छन् । जसमा ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, ह्यान्डबल, हक्की, जुडो, र्याफटिङ एन्ड केनोइङ, शुटिङ, फुटबल, कबड्डी, लन टेनिस, एथलेटिक्स, टेबल टेनिस, आर्चरी, बास्केटबल, स्की, पौडी, तेक्वान्दो, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, गल्फ र कराते महासंघ रहेका छन् ।

यसपटकको निर्वाचनले अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सचिव ३ जना, कोषाध्यक्ष १ जना र सदस्य ७ जना गरी १९ जना पदाधिकारी चयन गर्नेछ । बाँकी रहेका एक जना मनोनयन गरिनेछ ।

सन् १९६२ मा तत्कालिन राजा महेन्द्रका भाई बसुन्धाराको नेतृत्वमा नेपाल ओलम्पिक कमिटी  गठन भएको थियो । त्यसको १ बर्ष नवित्दै एनओसीले ओलम्पिक कमिटी अफ एसिया ९ओसीए० र इन्टरनेसनल ओलम्पिक कमिटी ९आईओसी० को मान्यता पाएको थियो भने सन् १९६४ मा जापानको टोकियोमा भएको ग्रीष्मकालीन ओलम्पिकलाई केन्द्रमा राख्दै एनओसी गठन भएको थियो ।

 

Comments

comments