US Khabar

नेपाल आईडलबाट चर्चामा आएकी गायिका स्वस्तिका ढकालको ‘कसले भन्यो तिमीलाई’ सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपाल आईडलबाट चर्चामा आएकी गायिका स्वस्तिका ढकालको ‘कसले भन्यो तिमीलाई’ सार्वजनिक

गायिका स्वस्तिका ढकालको नयाँ गीत सार्वजनिक भएको छ । अमृता नेपालको शब्द तथा अर्जुन पोख्रेलको संगीतमा रहेको गायिका ढकालको ‘कसले भन्यो तिमीलाई’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो ।

ऋदम कणेलको संगीत संयोजन रहेको यस गीतमा प्रेम, विश्वास र असमझदारीका कारणहरुलाई प्रस्तुत गरिएको छ ।  अनप्लग भिडियो शैलीमा गायिकालाई नै प्रस्तुत गरिएको भएपनि यस गीतमाथी निर्माणको भएको भिडियो अन्य भिडियोकै तुलनामा आकर्षक बनेको छ । जसको सम्पादन सुशिल र सेशाले गरेका हुन् ।

स्वस्तिका ढकालको नेपाल आईडलको तेस्रो संस्करणबाट चर्चामा आएकी गायिका हुन् । मकवानपुरको हेटौंडाकी गायिका ढकाल मेघा राउण्ड’ ‘थिएटर राउण्ड’ र ‘पियानो राउण्ड’ मा उत्कृष्ट प्रस्तुती दिंदै टप १२ सम्म पुगेकी गायिका हुन् । भोटिङ मार्फत अघि बढ्ने गाला राउण्डबाट बाहिरिएकी भएपनि उनि दर्शक र निर्णायकको नजरमा राम्रो गायिकाका रुपमा परिचय बनाउन सफल प्रतिस्पर्धी हुन् । उनको यस अघि सार्वजनिक गीत आँखामा गाजलका लागि पनि राम्रा प्रतिकृया र प्रशंसा आईरहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!