साउन २ गते धनगढीमा भएको बम विस्फोटमा परि घाइते भएका लक्ष्मण सेरेलालाई प्रहरीले पक्राउ गरेको छ । एकजनाको ज्यान जानेगरी भएको धनगढीको सहिद गेट नजिकै निलम होटलमा भएको सो बिस्फोटका घाईते विप्लव माओवादीका लक्ष्मण सेरेलालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका राम सिंह र लक्ष्मण सेरेलाले बोकेको बम बिस्फोट हुँदा बझाङको जयपृथ्वी नगरपालिका घर भएका रामबहादुर सिंहको उपचारका क्रममा धनगढीस्थित मायामे मेट्रो अस्पतालमा मृत्यु भएको थियो भने कञ्चनपुरको बेल्डाँडीका लक्ष्मण सेराला घाईते भएका थिए ।

१९ दिनसम्म प्रहरी निगरानीमै माया मेट्रो अस्पतालमा उपचार गरी उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा लगिएको हो । सो बिस्फोटमा परी निलम होटलका सञ्चालक केशवराज पाण्डे, धनगढी उपमहानगरपालिका–४, का जितेन्द्र यादव र चटकपुरमा ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मोविन खान पनि घाईते भएका थिए ।

 

 

Comments

comments