नेपाल पत्रकार महासंघ बाँके शाखाका सदस्य रेशम बिरही र सुर्खेत शाखाका सदस्य दिल शर्माको उपचार खर्च अपुग भएपछि  नेपाल अमेरिका पत्रकार सङ्घले गोफण्ट अभियान सुरु गरेको छ । पेटको क्यान्सरबाट पीडित पत्रकार रेशम बिरही र बोन म्यारोमा समस्या आएका पत्रकार शर्माको उपचार सहयोगार्थ नेजाले गोफण्ट अभियान सुरु गरेको हो ।

नयाँ बानेश्वर काठमाडौंमा उपचार गराई रहेका पत्रकार द्वय बिरही र शर्मा मध्य शर्माको बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने भएको छ । क्यानसरको उपचार तथा बोन म्यारो ट्रान्सप्लान्ट गर्न ठुलो धनराशी आवश्यक परेपछि पत्रकारको जीवन रक्षाका लागि संस्थागत रुपमा नेजाले गोफण्ट मार्फत रकम संकलन अभियान सुरु गरेको हो ।

बिगतमा पनि नेजाले नेपालमा पत्रकारलाई दुख र समस्या परेको अवस्थामा सहयोग गर्दै आएको नेजाले यस बिषयमा नेजाले विज्ञप्ती जारी गर्दै भनेको छ पत्रकारलाई दुखकस्ट परेको यस अवस्थामा सहयोग गर्नु हामी सबैको मानवीय धर्म सम्झी आफ्नो श्रोतबाट २०१ डलर राखी यस गोफन्ड एकाउन्ट खोलिएको छ । पत्रकार द्वय बिरही र शर्मालाई परेको यस कष्टकर अवस्थामा सहयोग गर्नुहुन सबैलाई नेजा हार्दिक अनुरोध गर्दछ ।

सहयोगको लागि तलको गोफन्ड लिंकमा क्लिक  गर्नुहोस्

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.gofundme.com%2F25ejt7%3Ffbclid%3DIwAR1yIrFc6ehvZK1DDrwhxWIQOiJWQ-I5wtneczqhd-2_2FDBMO0aDNIrbS8&h=AT2KOU_4iUk7Z9bZa8-Zg7YiFMRqR_pf4Zs1KyyVy-aF_DO5u5NnUau40QRPPgr51zMqhRqf7lpW9n9S8XlWMB6cRCUxIzhy79XgU1azrg_5CmrY8MZe0h7pbmPak9WGfnU

 

Comments

comments