नेपाली नारिहरुको महान पर्व तीजको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति महिला बिभागद्वारा दर खाने कार्यक्रम आयोजना हुने भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेताहरू अर्जुननरसिंह के सी र डा. रामशरण महतको विशिष्ट आतिथ्यता तथा जिल्ला सभापति जगदिश्वर नरसिंह केसीको उपस्थितिमा महिला दिदीबहिनीहरुसंग दरखाने कार्यक्रम घोषणा गरिएको हो ।

नुवाकोटबाट काठमाडौँ आएर बसेका चेलीहरुलाइ लक्षित गरि यहि श्रावण ३२ गते नागार्जुन पार्टी प्यालेस, माछा पोखरी, काठमाडौं मा आयोजना हुन लागेको दर खाने कार्यक्रम भाद्र ७ गते नुवाकोटमा पनि आयोजना गरिने भएको छ ।
भाद्र ७ गते पार्टी कार्यालयमा आयोजना गरिने गरिने उक्त दर कार्यक्रममा उपस्थितिको लागि नेपाली कांग्रेस नुवाकोट जिल्लाकार्य समिति सदस्य तथा महिला विभागको संयोजक हिरा पाण्डेले हार्दिक अनुरोध समेत गर्नुभएको छ ।

Comments

comments