पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी मार्यम पक्राउ परेकी छन् । पाकिस्तानी भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकाय राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले मार्यमलाई बिहीबार पक्राउ गरेको हो ।

पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष समेत रहेकी मार्यमलाई भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला पक्राउ गरिएको हो ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री हु पदमा निर्वाचित नवाज शरिफ भ्रष्टाचार सम्वन्धी अभियोगमा  सन् २०१८ देखि सात बर्षे काराबास सजाय भोगिरहेका छन् ।

 

 

Comments

comments