US Khabar
  • एक किलोकै ३ करोड पर्ने नयाँ प्रकृतीको लागुऔंषध सहित ब्यवसायि पोखरेल पक्राउ

    - Admin | ६ दिन पहिले प्रकाशित

    एक किलोकै ३ करोड पर्ने नयाँ प्रकृतीको लागुऔंषध सहित ब्यवसायि पोखरेल पक्राउ

    मोरङ प्रहरीले नयाँ प्रकृतीको खतरनाक लागुऔंषध बरामत गरेको छ । एक किलोकै ३ करोड पर्ने मेथान्टामाइन आइस नामक खतरनाक लागुऔषध सहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेललाई पक्राउ गरेको हो ।

    पक्राउ परेका पोखरेलको साथबाट ५३० ग्राम ९३ मिलिग्राम यो लागुऔषध पक्राउ गरेको हो । पक्राउ परेका पोखरेल उच्च घरानाका नाम चलेका ब्यवसायि रहेको प्रहरीले बताएको छ । जसको केही उद्योगमा समेत लगानी रहेको बताईएको छ ।

    विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले पोखरेललाई विराटनगर महानगरपालिका–२ बरगाछीबाट लागुऔषध सहित पक्राउ गरेको थियो । यो लागुऔषध उनको साथबाट र घरमा छापा मारेर बरामत गरिएको हो ।

    अन्तर्राष्ट्रिय मूल्य प्रतिग्राम ८० डलर भन्दा बढी रहेको मेथान्टामाइन आइस सहित कारोबारी पक्राउ परेपछि प्रहरीले उनको सम्पर्कमा रहेका अन्य कारोबारीका बारेमा पनि अनुसन्धान सुरु गरेको बताएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">