सन्दिप महतको अधक्ष्यतामा महोत्सब आयोजकहरु एकजुट भए, महासंघ गठन हुँदै

19

काठमाडौँ : देश भरि मेला महोत्सब तथा सास्त्कृतिक कार्यक्रमहरु गर्ने सस्थाहरु एकजुट भएका छन् । चितवनमा बसेको आयोजकहरुको भेलाले महासंघ गठन गर्ने निर्णय गरेको छ । महोत्सब आयोजकहरु एकजुट नहुदा कति कार्यक्रम जुध्ने तथा भैपरी आउने दुर्घटनाहरुमा समस्या परेको हुँदा महासंघ गठन गरि सम्पूर्ण आयोजकहरु तथा मेला महोत्सबमा हिड्ने साना ब्यापारी देखि कलाकारहरुको समेत हकहितमा काम गर्ने नब नियुक्त अधक्ष्य सन्दिप महतले बताए ।

महोत्सब आयोजकहरुलाई एकजुट गराई कला, ब्यापार, सास्कृतिक तथा पर्यटन क्षेत्रलाइ समेत समेट्दै माहासंघ गठन भए पश्चात उक्त सस्था बाट सामाजिक कार्यमा समेत लाग्ने सस्थाको उदेश्य रहेको छ । देश भरि प्रतिष्ठित महोत्सब आयोजना गर्ने २५ जना भन्दा बेसी आयोजकहरुको भेलाले बाकि छुट भएका महोत्सब आयोजकहरुलाई चाडै समेट्दै लैजाने महतले बताए । महासंघ दर्ता प्रक्रियामा गईसकेको हुँदा सस्थाले चाडैनै पूर्णता पाउने र महोत्सबमा हुने दुर्घटनालाइ आर्थिक तथा भौतिक सहयोग गरि सम्पूर्ण संघमा आबद्ध महोत्सब आयोजकहरुको हकहितमा काम गर्दै जाने लक्ष्य रहेको अधक्ष्य सन्दिप महतले जानकारी गराएका छन ।

Comments

comments