दक्षिण कोरियाले अमेरिकाका लागि आफ्नो नयाँ राजदूत नियुक्त गरेको छ । उत्तर कोरियासँग अमेरिकाको आणविक सम्झौता गराउन महत्वपूर्ण भूमिका खेल्नेमध्ये एक नेता लि सू ह्युकलाई शुक्रबार कोरियाली राष्ट्रपति मुन जाए इनले अमेरिकाका लागि आफ्नो नयाँ राजदूत नियुक्त नियुक्त गरेका हुन् ।

अमेरिकाका नव नियुक्त राजदुत लि सू ह्युक सत्तारुढ दलका सांसद समेत रहेका थिए र उनले विदेश मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार लि सू ह्युक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचक हुन् । जसले विगतमा ट्रम्पलाई एक ‘छलकपट’ गर्ने नेताको रुपमा टिप्पणी गरेका थिए ।

 

Comments

comments