चुनावका समय बिभिन्न प्रतिवद्धता सहित आफुलाई मतदान गर्न अनुरोध गरिने चलन बिश्वभर छ र ति प्रतिबद्धतालाई बिजयी भै सकेपछि पुरा नगरेका कारण जन गुनासो पनि प्राय देशमा पाईन्छ । तर मेक्सीकोका एक मेयरलाई भने जनताले आलोचना र गुनासोमात्र गरेनन् लज्जास्पद सजाँए नै दिएका छन् ।

यस प्रकारको लज्जासपद सजाएँ पाउनेमा मेक्सीकोको ह्विक्सटान प्रदेशमा रहेको सान आन्ड्रेस पोर्टो रिको शहरका मेयर रहेका छन् । जसलाई त्यहाँका जनताले महिलाको लुगा लगाईदिएर केही दिन सम्म शहर घुमाएका छन् ।

मेयरमात्र होईन उनि संगै एक जना नगर अधिकारी समेत महिला पहिरनमा देखिएको यो दृश्य यतिवेला चर्चामा छ । शहर घुमाईएका ति मेयर महिलाको पहिरन कालो रङको लामो स्कर्ट र  टिसर्ट शैलीको महिलाले लगाउने सेतो पोशाक लगाएर जनताको ईसारामा शहर घुमेका थिए भने उनलाई साथ दिएका नगर अधिकारी लुईसटन गुलावी रंगको गाउन शैलीको महिला पोशाकमा थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चुनावताका जिमेनेजले शहरको खानेपानी प्रणालीमा सुधार गर्न करिब १ लाख ५८ हजार डलर बजेट छुट्याउने वाचा गरेका थिए। तर, यो रकम उनी आफैँले हिनामिना गरेको आरोप लगाइएको छ।
मेक्सीकोमा आफुनो बाचा बिर्षने र जनतालाई सेवा नदिने जनप्रतिनिधिलाई यसै गरी महिलाको पोशाक लगाउन बाध्य पारेर लज्जित तुल्याउने परम्परा पुरानो हो । यद्यपी केही आलोचक भने राजनीतिक नेताको विरोध गर्ने यो शैली अपरिपक्व भएको बताएका छन् ।

Comments

comments