US Khabar

कालिकोटमा पहिरो: एकै परिवारका ७ जना सहित ९ जनाको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

कालिकोटमा पहिरो: एकै परिवारका ७ जना सहित ९ जनाको मृत्यु

कालिकोटमा पहिरोमा पुरीएर ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा पहिरोमा पुरिएर एकै परिवारका ७ जना सहित ९ जनाको मृत्यु भएको हो ।

अविरल बर्षा पछि आएको पहिरोमा पुरिएर एकै परिवारका ६२ बर्षिय बृद्ध देखी डेढ बर्षका बालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ६२ बिर्षय गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, ९ वर्षका राम बुढा र डेढ वर्षका बालक चरित्र बुढा रहेका छन् । गम्भिर घाईते भएकी १८ वर्षिया बिमला बुढाको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै नरहरिनाथ नगरपालिका–४ मा आएको पहिरोले घर पुरिँदा ६२ वर्षका बाले बुढा र उनकी श्रीमती मन बुढाको मृत्यु भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!