US Khabar

काठमाडौं उपत्यकामा बुधबार १५ जना कोरोना संक्रमित थपिए

- Admin | ३ वर्ष पहिले प्रकाशित

काठमाडौं उपत्यकामा बुधबार १५ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले बुधबार काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा १४ जना र भक्तपुरमा १ जना कोरोना संक्रमित भेटिएका छन् ।

हाल सम्म नेपालमा कोरोना संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ भने १९ हजार ६३ जनामा संक्रमण पुष्टी भएको छ । ३ लाख ५२ हजार ३ सय ७ जनामा गरिएको परिक्षण पश्चात १३ हजार ८ सय ७५ जना बिरामी निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!