अमेरिकाको टेक्ससमा तिज बिषेश कार्यक्रम हुने भएको छ । नेपाली नारीहरुको महान् पर्व तिजको अवसरमा पृथ्वी नारायण शाह स्मृति तथा साँस्कृतिक प्रतिष्ठानले अगष्ट १७ का दिन पुराण, दर बिषेश कार्यक्रम र साँगीतिक मनोरञ्जन सहितको तीज बिषेश कार्यक्रम आयोजना गर्ने भएको हो ।

साँझ ६ बजेबाट 3OOO Longvue Ave, Fort Worth, TX – 76108 मा सुरु हुने यस कार्यक्रमा उपस्थितहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गर्न डिजेको पनि ब्यवस्था गरिएको छ । अमेरिका रहेका नेपालीहरुको सांस्कृतिक आत्मियता र नयाँ पुस्तामा संस्कृती हस्तान्तरणको रुपमा आयोजना गर्न लागिएको यस तिज कार्यक्रममा उपस्थितहरुका लागि प्रवेश शुल्क तोकिएको छैन ।

आयोजकका अनुसार नेपाली धर्म, संस्कृती, कला साहित्य लगायतका नेपालीको पहिचान बोकेका कार्यक्रम आयोजना गर्ने उदेश्यले स्थापित संस्था पृथ्वी नारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठनाको यस कार्यक्रमा उपस्थितीहरु मध्य कसैले कार्यक्रमका सहयोग चाहेमा स्वईच्छाले गर्न सकिने तर कोहि कसैलाई सहयोग गर्न बाध्य बनाईने छैन । कसैले सहयोग गरेका सहयोग गर्ने ब्यक्ती र सँघ सँस्थालाई डास् माधब भट्टराई र कान्ता भट्टराईबाट सम्मान गरिने छ ।

धार्मिक आस्थासंग जोडिएको यस पर्वको महत्व अनुरुप पुराण स्रवणको पनि ब्यवस्था गरिएको छ । सम्मान कार्यक्रम पुराण सुरु हुनु भन्दा पहिले राखिएको छ । कार्यक्रममा फूल स्वादीलो डीनरको ब्यबस्था रहेको छ ।

यस अघि गत जुन महिनामा पनि प्रतिष्ठानले श्रीमद्धभागवद् सप्ताह महापुराण भब्य रुपमा सम्पन्न गरेको थियो ।

आयोजक संस्था पृथ्वी नारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठनले यस कार्यक्रम उपस्थितीका लागि टेक्ससबासी नेपाली दिदी बहिनीहरुलाई अनुरोध गरेको छ । कार्यक्रमका बारे थप जानकारीका लागि यस तिज कार्यक्रम संयोजक तथा प्रतिष्ठानका अध्यक्ष देवी प्रसाद पाण्डे दिपक फोन नं. ५५९-३०८-४११० लाई सम्पर्क गर्न सकिने छ ।

यूएस खबर मिडिया द्वारा सार्बजनिक भएका यस बर्षका तीज गीत हेर्नुहोस र प्रतिक्रिया दिनुहोस

Comments

comments