चीनमा समुन्द्री आँधी, मृतकको संख्या २२ पुग्यो, १० बेपत्ता

8

एजेन्सी । चीनमा आएको शक्तिशाली समुन्द्री आँधीले मर्नेको संख्या २२ पुगेको छ । पूर्वी चीनको जेसियाङ प्रान्तमा आएको आँधीले ठूलो जनधनको क्षति पुर्याएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार १० जना हराइरहेका छन् ।

१८७ किलोमिटर प्रति घन्टाको वेगमा आएको लेकिमा आँधीले कतिपय स्थानमा पहिरो गएको छ । पहिरोले नदीहरुको पानीको सतह १० मिटरमाथि सम्म पुग्दा डुबान भएको छ । १२० गाउँहरुलाई पानीले घरेको छ ।

Comments

comments