US Khabar

पर्सामा कोरोना संक्रमित थप एक बृद्धको मृत्यु – मृतकको संख्या ५० पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

पर्सामा कोरोना संक्रमित थप एक बृद्धको मृत्यु – मृतकको संख्या ५० पुग्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पर्साका ६८ वर्षीय पुरुषको बुधबार मृत्यु भएसंगै अव नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

वीरगञ्जको गण्डक अस्पतालमा रहेको गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत ति बृद्धको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । पर्सामा अहिले सम्म एक भारतीय सहित सात जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

यस अघि आजै बझाङका ६५ वर्षीय पुरुषको साउन ९ गते मृत्यु भएको थियो । बझाङ जिल्ला बुङ्गल गाउँपालिका वडा नम्बर तीन स्थायी घर भएका उनी असार २५ गते भारतको बैंगलोरबाट आएका थिए।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!