एनआरएनए अमेरिकाको प्रवक्तामा ओम भट्टराई नियुक्त भएका छन् । तरुण दल अमेरिका शाखाको अध्यक्ष पदमा रहेर प्रभावशाली चर्चा कमाउनुका साथै पत्रकार समेत रहेका भट्टराईलाई एनआरएनए अध्यक्ष सुनिल शाहले प्रवक्तामा नियुक्त गरेका हुन् ।

बैचारिक, सालिन र आत्मिक नेतृत्व क्षमता भएका भट्टराई युएस खबरसंग आवद्ध रहेर सामुदायिक सुचना प्रवाहमा क्रियाशिल रहेका पत्रकार समेत हुन् । उनि, किशन रेग्मी लगायत समुहको पहलमा युएस खबर पाक्षिक पत्रिका सञ्चालनमा आएको थियो । हाल यस पत्रिका अनलाईन पत्रिकाका रुपमा टेक्ससबाट सञ्चालित छ ।

एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष सुनिल शाहको क्याम्पेनिङ म्यानेजरको रूपमा सफल भुमिका निर्वाह गरेका भट्टराईले प्रवक्ता नियुक्त भए लगत्तै तरुण दल अमेरिकाको जिम्मेवारीबाट आफु अलग भएको घोषणा गरेका छन् ।
एनआरएनए अमेरिकाको विधानले प्रवक्ता नियुक्त गर्ने सम्पूर्ण अधिकार अध्यक्षलाई प्रदान गरे अनुरुप शाहले भट्टराईलाई पवक्ता नियुक्त गरेका हुन् ।

स्वाभिमानी र पारदर्शी नेतृत्व क्षमता भएका भट्टराईले तरुण दल अमेरिका शाखाको अध्यक्षमा रहदा संस्थागत हितका लागि निर्वाह गरेको भुमिकाका कारण तरुणदल अमेरिकाले सकारात्मक चर्चा कमाउन सफल भएको थियो ।

नेपाली जनतालाई आश्वासन देखाए जस्तो गरि काम नगरेका नेताहरुको बिरोधमा ठाडो प्रतिकार गर्ने जुजारु ब्यक्तीत्व भएका भट्टराईले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अमेरिका आउँदा कालो झन्डा देखाउनुका साथै उनको सार्वजनिक कार्यक्रम बहिष्कार गर्न अमेरिकाबासी नेपालीहरूलाई अनुरोध गरेका थिए । भने पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल र प्रधानमन्त्री के पी ओली अमेरिका आउँदा पनि तरुण दल अमेरिका शाखाले विरोधको कार्यक्रम राखेको थियो ।

Comments

comments