लामो समयदेखी समाजसेवामा महत्पपूर्ण योगदान पुर्याउँदै आउनु भएकी मदर राजन विश्वकर्मा अमेरिकामा सम्मानित हुनुभएको छ । द्वन्दको चपेटामा परि आमा बाबुको सुरक्षा र मायाबाट वन्चित वालवालिकाहरुलाई धेरै बर्ष देखी पालन पोषण र शिक्षा प्रदान गर्दै आउनु भएकी समावसेवी विश्वकर्मा अमेरिकाको सान फ्रान्सिस्कोमा नगद सहीत च्याम्पियन अफ सोसियल जस्टिस अवार्डबाट सम्मानित हुनुभएको हो ।
अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा कार्यरत ९ वटा नेपाली संघ संस्थाहरुले संयुक्त रुपमा राखेको सो सम्मान कार्यक्रममा कार्यक्रममा द्वन्द पीडित र अनाथ वाल वालिकाहरुलाई मदर राजनले गरेको सहयोग र संरक्षण संगै उहाँको सामाजिक योगदानबारे निर्माण भएको डकुमेन्ट्री प्रदर्शन गरिनुका साथै उहाँको बारेमा सो क्षेत्रका क्रियाशिल संघ संस्थाका ब्यक्तीले मन्तब्य राखेका थिए । संवेदनशिल समाजसेवामा लाग्नु भएकी विशवकर्माको डकुमेन्टरी प्रदर्शन गर्दा उपस्थित दर्शकहरु भाव विभोर भएका थिए भने सम्मानित राजन विश्वकर्माले हर्षका आँशु संगै आयोजक संस्थाहरु तथा दाताहरु प्रती आभार प्रकट गर्नु भएको छ ।
आयोजक संस्थाहरु मध्य एक नेपाली जनसंपर्क समिती अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरकी कार्यवाहक सभापति लक्ष्मी केसी कार्कीको सभापतित्वमा सम्पन्न सम्मान समारोहमा नेपाल विश्व सहयोग संघ एन ए जि सि का संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले सम्मानित विश्वकर्मालाई सम्मान गर्नुका कारणमाथी प्रकाश पार्नुका साथै उहाँले गरेका आदर्श कामहरुमा संस्थाहरुको सक्दो सहयोग रहने कुरा बताउनु भएको छ।
सम्मान कार्यक्रममा समाज सेवी तथा महिला नेत्री हेमा पनेरुले स्वागत मन्तव्य राख्नु भएको थियो भने अमेरिकाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, शिक्षाविद डा आमोद पोखरेल, समाजसेवी वीध्या सागर योन्जन, नान्स का पूर्व अध्यक्ष डिकेन्द्र मास्के , लायन्स क्लब अफ बर्क्ली लाली गुराँसका चार्टर प्रेसिडेन्ट निर्मल फुँयाल, नान्सका पूर्व अध्यक्ष यान राई, आयोजक संस्था हिमालयन फाउन्डेसनका अध्यक्ष तथा नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष यज्ञलाल श्रेष्ठ,बेल्कोटगढी काठमाण्डू सम्पर्क समिति को सभापति श्याम ढुंगाना, सोनिया दाहाल केसीले आ-आफ्नो मन्तव्य राखी सम्मानित व्यक्तित्व प्रती वधाई तथा शुभ कामना व्यक्त गरेका थिए।
कार्यक्रम सँयोजक प्रेम परीयारले सन्चालन गर्नु भएको सो कार्यक्रममा आयोजक संस्था र जनजाती महासंघको कार्यक्रमका साथै रोशन सुवेदी को तर्फबाट गरी कूल २२०० डलर मदर राजनको सत्प्रयासको कदर स्वरुप प्रदान गरिएको छ।उक्त च्याम्पियन अफ सोसियल जस्टिस अवार्ड नेपाली कांग्रेसको नेता बिध्यासागर योञ्जन र समाजसेवी तथा एनएएनसी को पूर्व सभापति डिकेन्द्र मास्के द्वारा राजन बिश्वकर्मालाई प्रदान गरिएको थियो।
कार्यक्रममा द्वन्द कार्यक्रममा नेपाली जनसंपर्क समिती कार्यक्रमका आयोजक संस्थाहरु नेपाली जन संपर्क समिती अमेरिका, उत्तर क्यालिफोर्निया, गिरिजा प्रसाद कोइराला फाउन्डेसन, एन आर एन सि सि यु एस् ए क्यालिफोर्निया च्याप्टर, द व्हाइट जोन इन्टरन्यास्नल क्यालिफोर्निया च्याप्टर, वेष्ट अमेरिका नेपाली महा संघ, नेपाल असोसियसन फर ग्लोबल को अपरेशन, हिमालयन फ़ाउण्डेशन, कोर्प, नीलकृष्ण जसोदा फ़ाउण्डेशन तथा गोर्खा अमेरिका सम्पर्क समितीका अध्यक्ष प्रतिनिधि,ल्ब्ल्ऋ का अध्यक्ष तथा आयोजक संस्था नील कृष्ण जसोदा फ़ाउण्डेशनका अध्यक्ष इश्वर सिटौला, समाजसेवी बन्दना दाहाल, प्रविन सिंह, समाजसेवी रबिश वाईबाको लगायत महत्वपूर्ण व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती थियो।