US Khabar
  • ट्रम्पले कोरोना संक्रमितले औलोविरुद्धको औषधि प्रयोग गर्नुपर्छ भनेपछि वैज्ञानिकहरुद्वारा चेतावनी

    - Admin | २ हप्ता पहिले प्रकाशित

    ट्रम्पले कोरोना संक्रमितले औलोविरुद्धको औषधि प्रयोग गर्नुपर्छ भनेपछि वैज्ञानिकहरुद्वारा चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अप्रमाणित र जोखिमपूर्ण औषधिको पक्षमा वकालत गर्नुभएको छ । ट्रम्पले कोरोना भाइरसको उपचारमा औलोविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्नु पर्ने पक्षमा बताएका हुन् ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) , स्वास्थ्य विज्ञहरुको अध्ययन तथा अनुसन्धान विपरीत उनले दिएको यस अभिब्यक्तीको आलोचना समेत भएको छ । अमेरिकाको स्वास्थ्य विज्ञ, डब्लुएचओ तथा वैज्ञानिकहरुले हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिमा मुटुसम्बन्धी समस्या आउन सक्ने र कतिपय अवस्थामा ज्यान पनि जान सक्ने चेतावनी दिइसकेका छन् ।

    यता कोभिड(१९ विरुद्धको भ्याक्सिन बनाईरहेको अमेरिकन कम्पनी फाइजरले तेश्रो चरणको परीक्षण स्वरुप ३० मानिसमा परिक्षण सुरु गरेको बताएको छ । जर्मन बायोटेक कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाइरहेको फाइजरले १८ बर्षदेखि ८५ बर्षभित्रका उमेर समुहका ३० हजार मानिसहरुमा परिक्षण सुरु घोषणा गरेको हो ।

    अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले सोमबार कोरोनाबिरुद्धको तेश्रो चरणको भ्याक्सिन ३० हजारमा परीक्षण सुरु गरेको बताए लगत्तै जर्मन बायोटेक कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाइरहेको अमेरिकन कम्पनी फाइजरले पनि तेश्रो चरणको परीक्षण ३० हजारमा सुरु गरेको जनाएको छ । सोमबार बेलुका फाइजरले तेश्रो चरणको परीक्षण सुरु गरेको घोषणा गरेको हो ।

    अमेरिकाका मात्र ३९ राज्यहरुमा परीक्षण गरिने बताएको फाइजरले विश्वभरका १२० साइटहरुमा परीक्षण गर्ने जनाएको छ । साथै यो चरणको परीक्षण सफल भएमा आगामी अक्टोबरमा भ्याक्सिनको अन्तिम पुनरावलोकन गरिने समेत घोषणा गरेको छ ।

    सन् २०२० भित्रै १ सय मिलियन डोज आपूर्ति गर्ने घोषणा गरेको फाइजरले सन् २०२१ भित्र १३ सय मिलियन डोज उत्पादन गर्ने फाइजरको लक्ष्य राखेको छ ।

    कोरोना भाइरसबिरुद्ध प्रतिरोधक क्षमता विकाशका लागि प्रयोगमा ल्याईएको एमआरएनए मोलिक्युलसको प्रयोग गरि भ्याक्सिन निर्माण गरेको फाइजरको यस परिक्षणका लागि अमेरिकाले गतसाता मात्र १ दशमलव ९५ बिलियन डलर प्रदान गर्ने घोषणा गरेको थियो भने १ सय मिलियन डोज भ्याक्सिन बुक गरेको थियो ।

    यस अघि अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले पनि कोरोना विरुद्धको भ्याक्सिन परिक्षण गरिसकेको छ । दुई चरणको सफल परिक्षण पछि मोडेर्नाले तेश्रो चरणको भ्याक्सिन अन्तरगत ३० हजार बिरामीमा परीक्षण सुरु गरेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">