अमेरिकाका सबैभन्दा पुराना दुई संस्था नेपाली समाज टेक्सस र ईन्द्रेणी साँस्कृतिक संघले तिज बिषेश कार्यक्रम आयोजना गर्दै छ । नेपाली नारीहरुको महान् पर्व तिजको अवसर पारेर अगष्ट २४ तारिक शनिबारका दिन इर्विंग महल ( बेल्ट लाइन रोड र १८३ हाइवे ) मा तिज बिषेश कार्यक्रम भव्य रुपमा गर्ने तयारी गरेको हो ।

आपसी भाईचारा र आत्मियतालाई ध्यानमा राखी नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघले नेपालीहरुको मुख्य ४ पर्व एक अर्काको सहयोगमा आयोजना गर्ने निर्णय गरे अनुरुप नयाँ बर्ष, तिज, दशैं र होली गरी ४ पर्व मध्य २ वटा पर्व नेपाली समाज टेक्सस र बाँकी दुई पर्व इन्द्रेणी सांस्कृतिक संघले एक अर्कालाई सहयोग गरि आयोजना गर्ने निर्णय भए अनुरुप यो पटक नेपाली समाज टेक्ससको सहयोगमा ईन्द्रेणी साँस्कृतिक संघको तिज कार्यक्रम आयोजना हुन लागेको हो । यस अघि होली मिलन कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको ईन्द्रेणीले तिजलाई पनि सांस्कृतिक माहौलमा सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

नेपाली समाज टेक्सस सह आयोजक रहेको यस कार्यक्रमलाई आकर्षक र भब्य बनाउन इर्भिंग महल मा रहेको सबैभन्दा ठुलो लगभग ९००० एस्कवेर फिट छेत्रफलको पार्टि हलमा कार्यक्रम आयोजन गर्न लागिएको हो । बर्ष दिनमा आउने यो पर्वमा टेक्ससबासी नेपाली दिदी बिहिनीका लागि बिषेश रुपमा आयोजना गर्न लागिएकाले टेक्ससबासी नेपाली परिवारकोउ ल्लास जनक सहभागीतको अपेक्षा आयोजक संस्थाले गरेको छ । ईन्दे्रेणी सँस्कृतिक संघका अध्यक्ष सुशिल क्षेत्रीका अनुसार कार्यक्रममा सहज बातावरणका साथ सांस्कृतिक माहौलको ब्यवस्था गरिने छ । कार्यक्रममा एकै पटकमा लगभग १००० जना दिदी बहिनीहरु एकै पटक नाच्न मिल्ने ब्यवस्था कार्यक्रम हलमा गरिने जानकारी दिंदै अध्यक्ष क्षेत्रील नेपालीको धार्मिक र सांस्कृतीक अस्था जोडिएका पर्वहरु अमेरिकामा मनाउँदा नेपाली नेपाली बिचको सद्भाव कायम रहन र आपसी आत्मियता साथै अमेरिकामा नै जन्मी हुर्केका बालबालिकालाई आफ्नो मौलिक संस्कृतीबारे बुझाउने उदेश्यले कार्यक्रम आयोजना गर्न लागेको बताएका छन् ।

केहि महिना अघि संस्थाले सफलतापूर्वक सम्पन्न गरेको होली मिलन कार्यक्रमको स्मरण गर्दै अध्यक्ष क्षेत्रीले भने मेरो पहलमा मेघा होलीको कार्यक्रम पनि मनोरञ्जनपुर्ण शैलीले नेपाली एकताको सन्देश दिनका लागि आयोजना भएको थियो । महिला पुरुष युवा युवती सबैका लागि सहज ब्यवस्थापन गरेर बच्चाहरुका लागि बिषेश आकर्षक र रमाईलाप्रति ध्यान दिएको थिएँ । कोहि बच्चाहरु जम्पिंग हाउसमा रमाउदै थिए भने युवाहरु भलिबल फुटबल जस्ता खेलहरुमा रमाउदै थिए । युवतीहरु नेपाली लोकगीतमा झुमिरहेका दृश्य उमेर पुगेका बुवा आमाहरुले पार्क जस्तो ठाउँमा पनि कुर्चीमा बसेर मज्जा लिईरहेका देखिन्थे । समग्रमा ४ पुस्तालाई नै जोडेर सफलतापुर्वक होली मिलन कार्यक्रम सम्पन्न भएको थियो ।

यो तिज बिशेष कार्यक्रमलाई सबैको सहजतालाई ध्यनमा राखी बिगतमा बर्षहरुको कार्यक्रमबारे डालसमा रहेका दिदी बहिनीहरुमा समिक्षात्मक सर्वे गरेको थिएँ । ति तिजहरुमा के कुराको कमी पाउनु भयो भन्ने प्रश्नमा उहाँहरुले बिगतका एनएसटी र ईन्द्रेणीका तिजहरुमा ब्यवस्थापनको कुरा उठाउनु भयो । कसैले खान लिनका लागि लाइन मा बस्दा बस्दै रात बित्यो नाच्न पाइएन भन्नु भयो भने नाच्न खोज्दा खानाको लाईन लामो भएर भोक भोकै घर भर्किनु पर्यो भन्नु भयो । यो मेरा लागि निकै दुखको कुरा हो बिचार हाम्रा हिन्दु महिलाहरुको तिज जस्तो महान चाडमा दर नखाई तिजको गीतमा मज्जाले साथी संगिनीहरु संग नाच्न नपाई जानु पर्दाको पिडा र भोलि पल्ट परेको पञ्चमीको बिहानै देखि बर्त बसी पुजा गर्नु पर्ने अवस्थाले हामीलाई यस पटक यो कमजोरीलाई सुधार गर्नु पर्ने दाहित्व देखिएको छ । त्यसैले यो पटक को तीज मा राम्रो म्यानेजमेन्ट छ तिज दर का लागि ४ वटा लाईन हुनेछन जुन बिगतमा १ हुने गर्त्यो । यो पटक निकै लामो फराकालो हल छ जुन बिगतमा सानो हुने गर्थ्यो । महिला दिदी बहिनीहरुको सुझाव अनुरुप नै मेरै प्रयासमा यो सबै बयवस्थापन हुँदैछ । सबैलाई विश्वस्त पार्न चाहन्छु यो कार्यक्रम भब्य सब्य र मनोरन्जनात्मक हुनुका साथै बिदेसी माटोमा पहिलो पटक एस्तो एतिहासिक तिज कार्य क्रम हुदै छ जुन हामी टेक्सास डालस बासीका लागि गर्ब गर्ने कार्यक्रम हुनेछ ।

क्षेत्रीका अनुसार सोहि दिन इन्द्रेणी पोष्ट डटकमको पनि लोकार्पण हुँदैछ । उनका अनुसार अहिले कार्यक्रममा तीजका गीतमा नाच्ने महिलाहरुले गीतको बोल र नाच्ने व्यक्तिको नामहरु पठाउन सुरु गरिसकेका छन् । तिजका गीतमा मात्र नाच्न पाईने यस कार्यक्रमका लागि तपाइहरुलाइ पनि एकल या ग्रुपमा नाच्न चाहनुहुन्छ भने अध्यक्ष सुशिल क्षेत्रीको सम्पर्क नम्बर ९४०४६५५१०९ मा म्यासेज पठाउन सक्नुहुनेछ ।

Comments

comments