नेपाली क्रिकेट जगतलाई उचाईको धरातलमा उभ्याएका क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि यतिबेला चौतर्फी बिरोध भएको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका सन्दिपलाई एम्बेसीले भिषा नदिएपछि नेपाल सरकारको चौतर्फी बिरोध भएको हो ।

बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा स्वकारेका र भारतले आईपिएल जस्तो खेलमा नेपालबाट भारत झिकाएका पहिलो नेपाली खेलाडी सन्दिपलाई अमेरिकीकी दुतावासले भिषा अस्वकार गर्नु नेपाल प्रति अन्तराष्ट्रय नजर र नेपाल सरकारको फितलो राजनितीक अवस्थाका कारण यो घटनाले नेपालकै लज्जाबोध भएको भन्दै बिरोध भएको छ ।

सन्दिपलाई अमेरिकाले भिषा नदिएपछि उनले अमेरिकन दुतावास र हेल्लो सरकारका नाममा छुट्टा छुट्टै ट्विट गरेका छन् । आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको गुनासो सहित सन्दिपले भनेका भन् ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’

 

 

Comments

comments