स्याङजामा माछालाई जाल हान्ने क्रममा २ जनाको मृत्यु भएको छ । माछा मार्न आफैंले थापेको जालमा बेरिएर ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो ।

स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछा मार्न गएका थापा र आलेमध्य आलेले माछा मार्न थापेको जालमा उनि आफैं अल्झिएर बेरिएपछि उनलाई बचाउन गएका थापा समेत जालमा बेरिन पुग्दा उनिहरुको ज्यान गएको हो ।

जाल ठुलो भएकाले दुईजनै बेरिएपछि त्यहाँबाट निस्कन नसक्दा जालभित्रका उनिहरु खोलामा डुब्न पुगेका थिए ।

 

Comments

comments