क्यारेबियन प्रिमियर लिग खेल्न जानका लागि क्रिकेटर सन्दिप लामिछानेलाई भिसा नदिएको नेपाल स्थित अमेरिकी दुतावासले अन्तत आफैं बोलाएर भिसा दिएको छ । नेपाली क्रिकेट जगतलाई उचाईको धरातलमा उभ्याएका क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा नदिएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी बिरोध भएपछि दुतावासले रिभ्युका लागि भन्दै सन्दिपलाई दुतावास बोलाएर भिसा दिएको हो ।

सन्दिपलाई अमेरिकाले भिषा नदिएपछि उनले अमेरिकन दुतावास र हेल्लो सरकारका नाममा छुट्टा छुट्टै ट्विट गरेका थिए । आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको गुनासो सहित सन्दिपले भनेका थिए ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ । त्यो संगै बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा स्वकारेका र भारतले आईपिएल जस्तो खेलमा नेपालबाट भारत झिकाएका पहिलो नेपाली खेलाडी सन्दिपलाई अमेरिकीकी दुतावासले भिषा अस्वकार गर्नु नेपाल प्रति अन्तराष्ट्रय नजर र नेपाल सरकारको फितलो राजनितीक अवस्थाका कारण यो घटनाले नेपालकै लज्जा स्थिती खडा गरेको भन्दै समाजिक संजाल प्रयोगकर्ताहरुले बिरोध जनाएका थिए ।

भिसा पाएपछि सन्दीपले अमेरिकी दूतावास र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् ।

Comments

comments