चलचित्र आप्पा अमेरिकामा प्रदर्शन हुने भएको छ । नेपाल लगायत भारतमा समेत प्रदर्शन भै सकेको दयाहाङ राई अभिनित ‘आप्पा’ यही अगस्ट २५ तारिकका दिन अमेरिकाको न्युयोर्क स्थित गुलसन टेरेसमा प्रदर्शनमा आउने भएको हो ।

वाइज इन्टर्नेस्नल इन्टर्टेन्मेन्टले अमेरिका ल्याउन लागेको यस चलचित्र अगस्ट २५ तारिकका दिन बिहान १०:३० देखी दिउँसो १:३० सम्म प्रदर्शन हुनेछ । जसका लागि टिकट शुल्क २० डलर राखिएको छ ।

दार्जिलिङदेखि सन्दकपुरसम्मको कथा बोकेको यस चलचित्रमा दयाहाङ राई पिताको भुमिकामा देखिएका छन् । दयाहाङ राईसँगै सिद्धान्त राज तामाङ र अल्लोनाकाबो लेप्चाका अतिरिक्त बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारहरुको फिल्म ‘आप्पा’ मा अभिनय रहेको छ ।

ए माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको व्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चाको लगानी गरेका छन् । फिल्मका कार्यकारी निर्माता भने माबो हाङ रहेका छन् । फिल्ममा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि। कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ ।

 

 

Comments

comments