अमेरिकाको न्युयोर्कमा पहिलो पटक गाईजात्रा तथा हास्य व्यंग्य महोत्सव आयोजना हुने भएको छ । अमेरिकाबाट सञ्चालित अनलाईन पत्रिका टुटुल्को डटकमको आयोजनामा यहि अगष्ट १७ का दिन न्युयोर्कको नर्दन ब्लुबर्ड स्थित क्वीन्स लाइब्रेरीमा यो बर्ष ‘गाईजात्रा तथा हास्य व्यंग्य महोत्सव २०१९’ हुने भएको हो ।

न्युयोर्कमा नै पहिलो पटक आयोजना हुन लागेको गाईजात्रा महोत्सवको तयारी यतिबेला अन्तिम चरणमा पुगेको छ । आइतबार न्युयोर्कको ज्याक्सन हाइट्समा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे थप जानकारी दिईएको छ ।

टुटुल्को डटकमका प्रधान सम्पादक तथा कार्यक्रम संयोजक ज्योतिकुमार श्रेष्ठका अनुसार अगष्ट १७ तारिकका दिन दिउँसो २ बजे सुरु हुने यस कार्यक्रम अपरान्ह ४ बजे सक्किने छ । गाईजात्रा बिषेश झाँकी सहित सुरु हुने यस कार्यक्रममा न्युयोर्क लगायत भर्जिनिया, कनेक्टीकट लगायत अमेरिकाका विभिन्न स्थानका कलाकारहरुको पनि आफ्नो प्रस्तुती रहने छ भने नेवारी संस्कृती बिषेश नृत्यहरु, हाँस्य रसका प्रहशन र ब्याग्यात्मक प्रस्तुती आकर्षणका रुपमा रहेका छन् ।

नेपाली संस्कृतिको संरक्षण र प्रवद्धन संगै अमेरिकामा नै जन्मेका र हुर्केका बालबालिकाहरुमा मौलिक नेपाली संस्कृतीको ज्ञान र जानकारी दिनुका साथै उनिहरुमा संस्कृति हस्तान्तरणको बातावरण सृजना गर्ने उदेश्यले आयोजना हुन लागेको यस महोत्सबलाई लिएर यतिबेला न्युयोर्कबासी नेपाली अत्यन्त उत्साहित देखिन्छन् ।

कार्यक्रमको अधिकांश टिकट बिकी भै सकेको यस महोत्सवमा सहभागी कलाकारको प्रतिभा प्रस्फुटनलाई पनि मुख्य उदेश्य भित्र राखिएकाले कार्यक्रमलाई लिएर आम नेपाली समुदाय र कलाकारहरुको पनि चासो थपिएको छ ।

आयोजक टुटुल्को डटकम आज भन्दा ३६ बर्ष पहिले बिक्रम संवत २०४० सालमा मासिक पत्रिकाका रुपमा धरानबाट सुरु गरिएको पत्रिका हो । तत्कालिन राज्य व्यवस्था र सामाजिक विक्रिती विसंगतिहरुलाई व्यंगात्मक रुपमा प्रस्तुत गर्ने उद्धेश्यले सुरु गरिएको यस पत्रिका बिगत ४ बर्षदेखी अमेरिकामा पनि अनलाईन संस्करणका रुपमा सक्रिय सुचना प्रवाह गर्दै आएको पत्रिका हो ।

Comments

comments