कतारको दोहामा नेपाली युवाहरुमाथी सांघातिक हमला हुँदा एक नेपाली युवाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् । कतारको दोहास्थित जैदा पार्कमा भएको सो हमलामा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको हो ।

यस घटनाप्रति दुख ब्यक्त गर्दै दोहास्थित नेपाली दूतावास जारी गरेको प्रेश विज्ञप्ती अनुसार मंगलबार साँझको समयमा घटेको यस घटनामा परि उमर अन्सारी, इब्राहिम अन्सारी, नौसाद अन्सारी, अकवर मिया , महशुद अन्सारी रहेका छन् । उनिहरुको हमाद अस्पतालमा उपचार भै रहेको छ । जसमध्य उमर अन्सारी गम्भिर रहेको जनाईएको छ भने मृतक तवरेज अन्सारीलाई सोहि अस्पतालको शवगृहमा राखिएको छ ।

मृतक र घाईते सबै सुनसरी जिल्लाका भएपनि उनिहरुको विस्तृत जानकारी आउन बाँकी छ । घटनामा संलग्न केहीलाई कतार प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ।

Comments

comments