पछिल्लो समयको नेपाली चलचित्रको पार्श्व गायनमा लोकप्रिय कहलिएकी गायिका प्रबिशा अधिकारी र गायक आर.पी. कर्माचार्यको  आवाजमा रहेको यूगल गीत “जब देखें तिमिलाई” को म्युजिक भिडियो सार्बजनिक भएको छ। हालका चर्चित नायक आकाश श्रेष्ठ र टिकटकबाट चर्चामा आएकी नब मोडेल उषा उप्रेतीले यसै म्युजिक भिडियो मार्फत अभिनय क्षेत्रमा डेब्यु गरेकी छिन ।

डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत र सुमन केसीको संगीत संयोजन रहेको छ। राजु बिक्रम थापाको छांयाकन रहेको म्युजिक भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी र रोजल थापाको निर्देशन रहेको छ। निरु कर्माचार्यको निर्माण रहेको म्युजिक भिडियोलाइ डश म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको हो।

Comments

comments