फाईल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । सिंगापुरमा १० दिन लामो उपचारपछि फर्किएका प्रधानमन्त्री ओलीलाई ज्वरोले च्यापेपछि बिहीबार बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित भएको हो ।

बैठकका लागि नेताहरु बालुवाटार पुगे पनि प्रधानमन्त्री अस्वस्थ भएकाको समय बैठक गर्दा उनको स्वस्थ्य अवस्था हेरी आफुहरुले नै बैठक स्थिगीत गरेको प्रधानमन्त्री निवास पुगेका नेताहरुले बताएका छन् ।

पार्टीमा स्कुल विभागको जिम्मेवारी टुंगो लगाउन पटक–पटक बैठक बस्ने भनिए पनि विभिन्न कारणले स्थगित हुँदै आएको यो बैठक आज स्थगित भएपछि भोली दिउँसो ३ बजेलाई सारिएको छ ।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीमा बेला बेला स्वास्थ्य समस्या देखिने गरेको छ । पछिल्लो पटक सिंगापुर गएका ओलीको मृगौला फेरि प्रत्यारोपणबारे पनि त्यहाँका चिकित्सकसँग परामर्श भएको थियो। ज्वरो देखिएपछि फेरि उपचारका लागि विदेश लैजानेबारे सचिवालयले आवश्यक परामर्श थालेको छ। तर अवस्थाबारे एकीन भएपछि मात्रै निचोडमा पुगिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विभागको संयोजक बन्न नेताहरु झलनाथ खनाल, ईश्वर पोखरेल, घनश्याम भुसाल, वेदुराम भुसाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतको दाबी छ ।

नेकपाका दुवै अध्यक्षले नाम टुंग्याउने भने पनि स्कुल विभाग पहिलेको एमालेका नेतालाई दिने कि पहिलेको माओवादी नेतालाई दिने भन्नेमा नेताहरुबीच कुरा मिल्न सकेको छैन ।

 

 

Comments

comments