पत्रकार शालिकराम आत्म हत्या प्रकरणमा छानविनको लागि चर्चित पत्रकार रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि चौतर्फी बिरोध भएको छ । साउन २० गत चितवनको पोखरा बसपार्क स्थित होटल कंगारुको कोठा नम्वर २०२ मा झुण्डएको अवस्थामा फेला परेका पत्रकार पुडासैनीको मृत्यु अघिको भिडियो सार्वजनिक भएपछि प्रहरीले चर्चित कार्यक्रम सिधा कुरा जनतासंगका का प्रस्तोता रवि लामिछानेलाई छानविनका लागि भन्दै बिहिबार पक्राउ गरेको हो ।

मृत्यु अघि पुडासैनीले बोलेको सो भिडियोमा उनि संगै अन्य ब्यक्ती पनि रहेको आधारहरु देखिएपछि उनको हत्या रवि लामिछानेलाई फसाउन नियोजित रुपले गरिएको भन्दै रविका प्रशंसक आक्रोसित बनिरहेकै बेला प्रहरीले उनलाई पक्राउ गरेपछि उनिहरु नाराबाजी सहित सडकमै उत्रेर रवि लामिछाने पक्राउको बिरोध गरेका छन् ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेका छन्। प्रहरीले युवराज कँडेललाई पनि उनीसँगै नियन्त्रणमा लिएको छ।

पत्रकार पुडासैनीले आफुले आत्महत्या गर्नुको कारण न्युज २४ का पत्रकार द्वाय रवि लामिछाने र युवराज कँडेल भएको भनेकाले चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट दुवै जनालाई पक्राउ गरेको हो ।

पुडासैनीले आत्महत्या अघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ।

पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवनका एसपी दानबहादुर मल्लले बताए।

पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताएका छन्। लामिछानेको कार्यक्रम छाडेपछि आफूले धेरै धम्की खेपेको र आत्महत्या गर्न बाध्य भएको उल्लेख पुडासैनीले गरेका छन्।

लामिछानेले भने आफ्नो कुनै संलग्नता नरहेको र प्रहरीले अनुसन्धान गर्दा दोषी भेटिए आफू कारबाहीको भागीदार हुने धारणा फेसबुकमार्फत सार्वजनिक गरेका थिए।

Posted by भिम कार्की on Thursday, August 15, 2019

 

Comments

comments