बिभिन्न महत्वपुर्ण निर्णय सहित गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरीकाको कार्यसमिती बैठक सम्पन्न भएको छ । एटलान्टा कन्फरेन्स सफल बनाउने विषय, ४२ वटा समिति र टाक्सफोर्षहरू गठनको निर्णय नेपालका प्राकृतिक प्रकोपको बिपद्मा सहयोग लगायतका महत्वपूर्ण निर्णय सहित अगष्ट ११ तारिखका दिन एनआरएन अमेरिकाको कार्यसमिती बैठक सम्पन्न भएको हो ।

बैठकले एनआरएनए राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को संयुक्त आयोजनामा आगामी सेक्टेम्वर २० देखि २२ तारिखसम्म एटलान्टामा हुन गइरहेको पहिलो ग्लोबल नेपाली हेल्थ कन्फरेन्सलाई सफल बनाउने विषयमा छलफल गर्नुका साथै आगामी दिनमा एनआरएनए अमेरिकालाई हाम्रो र राम्रो बनाउन बिभिन्न उपसमिति र टास्कफोर्षहरू आवश्यक पर्ने हुनाले ४२ वटा समिति र टाक्सफोर्षहरू गठन गर्ने निर्णय पनि गरेको छ ।

४२ वटा समिति र टाक्सफोर्षहरूलाई अधिकार सम्पन्न बनाउँदै लगिने विषयमा समेत छलफल भएको बैठकमा समितिहरूमा पदाधिकारी चयन गर्नका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव रहने एउटा समिति बनाइएको छ । जसमा एनआरएनएको केन्द्रीय कार्यसमिति र च्याप्टर कमिटीहरूसंग समन्वय गर्दै रुचि, रोजाइ र क्षमताका आधारमा ती उपसमितीहरूको पदाधिकारी र सदस्यहरू चयन हुने छन् ।

त्यस्तै बैठकले मात्रीभूमी नेपालमा बेला बखत आउने बाढी पहिरो, डुबान र भूकम्प जस्ता प्राकृतिक विपत्तिको उच्च जोखिमका कारण उत्पन्न विपदको समयमा मानवीय सेवामा समर्पित भएर नेपाल र पीडित नेपालीका लागि अग्रणी भूमिकामा रहँदै आएको स्मरण गराउँदै यसलाई थप व्यवस्थित गर्दै प्रक्रियागत ढङ्गले अगाडि बढाउने सम्बन्धमा कार्यविधि बनाउनु आवश्यक देखिएकाले कार्यविधि बनाएर कार्यसमितिमा पेस गर्न कोषाध्यक्ष बन्धु पोखरेललाई जिम्मेवारी दिईएको छ ।

 

बैठकमा एनआरएनए अमेरिकाको सन् २०१९–२१ का लागि गत मे महिनामा सम्पन्न निर्वाचनको मुखमा चुहावट भएको सदस्यहरूको विवरणका सम्बन्धमा निवर्तमान कार्यसमितिमा परेको उजुरी माथि छलफल भएको छ । यसका लागि अध्यक्ष सुनिल साहलाई कानुन व्यवसायी सहितको तीन सदसिय समिति बनाएर छानबिन गराउन जिम्मेवारी दिइएको छ ।

 

एनआरएनए अमेरिकाको विधानको धारा ८२ अनुसार १७ सदस्य सल्लाहकार बोर्ड रहने व्यवस्था छ । यसका लागि आइतबारको बैठकले १० जनालाई सल्लाहकारमा मनोनीत गरेको छ । ति सल्लाहकारहरुमा श्यामकाजी गुरुङ डा.दिन बन्धु भट्ट (MD), ईश्वर सापकोटा (CA), जगन्नाथ गौतम (CO), लाल काफ्ले (WI), हरीहर पौडेल (KA), डा. हरीहर भट्टराई (NC), गोविन्द सुवेदी (VA), शतेन्द्र साह (NJ) र संकेश्वर सुवेदी (TX) रहेका छन् ।

त्यसैगरी विधानको धारा ५० अनुसार संस्थाको प्रवक्तामा ओम भट्टराईलाई नियुक्त गरेको ब्यहोरा अध्यक्ष सुनिल साहले कार्यसमितिलाई जानकारी गराएका छन् ।
yo news tapai halnu la

Comments

comments