US Khabar

अमेरिकामा कोरोना संक्रमणबाट डेढ लाख बढिको मृत्यु – ४५ लाख ८१ हजार बढि संक्रमित

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकामा कोरोना संक्रमणबाट डेढ लाख बढिको मृत्यु – ४५ लाख ८१ हजार बढि संक्रमित

कोरोना भाईरसको चरम जोखिममा रहेको अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या डेड लाख नाघेको छ । वल्र्डडोमिटरमा उल्लेख भए अनुसार अमेरिकामा कोरोना भाईरसबाट मृत्यु हुनेको १ लाख ५४ हजार १ सय ४९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा संक्रमणबाट ३ सय ९ जना भन्दा बढिले ज्यान गुमाएका छन् भने १३ हजार ९० जना संक्रमित थपिएका छन् । ४५ लाख ८१ हजार १ सय २७ जनामा संक्रमण देखीएको अमेरिकामा २१ लाख ८० हजार ७ सय ५७ एक्टिभ केस रहेका छन् भने १८ हजार ८ सय ५२ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोनाको महामारी शुरू भएलगत्तै विज्ञह?ले अमेरिकामा कोरोनाका कारण कम्तीमा २ लाख ४० हजार अमेरिकीको मृत्यु हुनसक्ने चेतावनी दिएका थिए । अहिलेसम्म ५ करोड ६६ लाखभन्दा बढी व्यक्तिको परीक्षण गरिएको जनाइएको अमेरिकाले कोरोना प्रतिरोधी भ्याक्सीन निर्माण र परिक्षणमा पनि सक्रियता देखाएको छ ।

«

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!