दाङका लमहीमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । लमही नगरपालिका वडा नम्बर ५ मा रहेको विश्वास काष्ठ फर्निचर उद्योगमा शुक्रबार राती आगलागी भएको हो ।

उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार झण्डै ६५ लाखको क्षती हुनेगरी भएको सो आगलागीबाट फर्निचरका सामान सबै लजेर नष्ट भएको छ । मध्यरातमा लागेको सो आगो निभाउन कठिन भएपछि बढि क्षती हुन पुगेको थियो ।

लमही नगरपालिकाको दमकल, पानी ट्यांकर,, स्थानीय बासिन्दा, र प्रहरीको सक्रियतमा निभाइएको सो आगलागी विद्युत सर्ट भएर लागेको हुन सक्ने अनुमान गरिएको छ ।

Comments

comments