नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय महामन्त्री एवं युवा नेता कुन्दनराज काफ्लेले ओली सरकारले गरेका भ्रष्टाचार, मनपरी र ज्यादतिका विरूद्ध संघर्ष गर्ने बेला आएको बताएका छन् ।

नेपाल विद्यार्थी संघले पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेता काफ्लेले कम्युनिष्ट अतिवादका विरूद्ध सबै विद्यार्थीलाई साथमा लिएर भ्रष्ट सरकारको जग हल्लाउने चेतावनी दिए ।

नेता काफ्लेले संघ भित्र भावनात्मक एकता आवश्यक रहेकाले पार्टीको नयाँ निर्णय नआउन्जेलसम्माका लागि जे जस्तो अवस्था छ त्यही अवस्थामा मिलेर अघि बढ्न आग्रह गरे ।

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य देवकृष्ण पराजुलीले नेविसंघको अगुवाईमा ठूला ठूला परिवर्तनका साथै शैक्षिक क्षेत्रमा पनि उल्लेख्य परिवर्तन गर्न सफल भएको बताए ।

नेता भानु ढकालले त्याग, समर्पण र बलिदानकै कारण नेविसंघको गर्विलो इतिहास रहेको भन्दै यो इतिहासलाई कायम राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेताहरू गोपाल गुरूङ, पुनम भट्टराई, मिलन आले, जानुका पन्त पूर्व केन्द्रीय सदस्य गोविन्द लामिछाने र सरोज केसी सहभागी थिए ।

यसैगरी पूर्व जिल्ला सभापति लक्ष्मी प्रसाद पौडेल, नेताहरू सन्तोष पौडेल, किरण बराल, गोबिन्द नेपाली, राजाराम पौडेल, सन्तोष बास्तोला, तारानाथ अधिकारी, बिष्णु खनाल, मिन नेपाली, राजेन्द्र बराल, अन्जान थापा लगायत कार्यक्रममा सहभागी थिए ।

भेलाले ओली सरकारको जनविरोधी कार्यको एक ढिका भएर प्रतिरोध गर्ने निर्णय गरेको नेता भानु ढकालले जानकारी दिए ।

Comments

comments