प्रधानमन्त्री केपि शर्मा ओलीले आगामी निर्वाचनपछि आफुलाई पदिय जिम्मेबारीमा बस्न मन नभएको बताएका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई आगामी निर्वाचनबाट पदमा बस्न मन नभएको बताउँदै निवार्चन सम्म धैर्य गरिदिन अनुरोध गरेका हुन् ।

उनले भने कतिपयले ‘पद जाने भयो भनेर प्रधानमन्त्री लगलग कामेर बसेको छ’ भनेको सुनेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले भने, ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । निवार्चन सम्म धैर्य गर्नुस् ।’

प्रधानमन्त्री ओलीले सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य नहुने पनि बताएका छन्। ‘त्यस्ता तत्त्वहरु नहौसिए हुने हो । हुन त मैले सुने प्रधानमन्त्री लगलग कामेका छन् पद जाने भो भनेर । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन त्यसकारण निर्वाचनसम्म साथीहरुलाई धैर्यधारण गर्न आग्रह गर्छु,’ प्रधानमन्त्रीले केही प्रतिगामी तत्त्वहरु सडकमा आउनेबित्तिकै यो सरकार ‘लगलग’ नकाम्ने दावी समेत गरे ।

संविधान सम्ममत ढंगले चल्ने कुरामा संवैधनिक दायराभित्र चल्ने कुरामा यो सरकार अत्यन्त प्रशन्नतापूर्वक विरोध र आलोचनाको स्वागत गर्ने बताउँदै ओलीले सरकारको आलोचनामा नाममा प्रणाली उट्याउँछु भन्ने, प्रगतिगमन गर्छु भन्ने संविधान अस्वीकार गर्छु भन्ने कुरा अहिलेको सरकारलाई मान्य नहुने पनि बताए ।

‘यो हाम्रा विरोधीले चलाएको हल्ला हो । जनतामा निराशा, फ्रस्टेशन, र विश्वास टुटाउने योजनाका साथ यस्तो हल्ला चलाइएको छ तर यस्ता हल्ला चलाएर लोकतन्त्रमाथिको सरकारको दृढता टुट्दैन,’ प्रधानमन्त्रीको भनाई छ ।

‘यो नयाँ प्रणाली हो । नयाँ प्रणाली भएकाले पुरानो प्रणालीका संवाहक र पक्षधर पनि देशमा छन् । लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले पनि खुलेआम गतिविधि गरिरहेका छन् । तर यो नयाँ प्रणालीलाई कमजोर पार्ने प्रयास भइरहेको छ । यसमा सचेत हुन जरुरी छ,’ प्रधानमन्त्रीले सवैलाई सचेत गराए ।

उनले संविधान कार्यन्वयन गर्ने सन्दर्भमा नयाँ कानुनहरु निर्माण गरेको र एकाधबाहेक ती कानुनहरु पुरा भएको भन्दै बाँकी काननु चालु अधिवेशनमा सम्पन्न गरिसक्नुपर्ने बाध्यता रहेकाले संसद त्यसमा केन्द्रीत रहेको बताए ।

 

Comments

comments