अमेरिकाको न्यूह्यामसायरमा २५औं आदिवासी दिवस मनाईएको छ । फिप्ना न्यूह्यामसायर च्याप्टरको आयोजनामा अगस्त १७ शनिवारका दिन बिबिध प्रस्तुतीका साथ २५औं आदिवासी दिवस भब्य रुपमा सम्पन्न गरिएको हो ।

यु ऐनका स्थायी राजदूत अमृत बहादुरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनजाती समुदायको मौलिक संस्कृती झल्काउने बिभिन्न झाँकी प्रदर्शन गरिनुका साथै ब्यक्तीगत र सामुहिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

संस्कार संस्कृतीको पहिरानका रुपमा मनाईएको यस कार्यक्रमको उद्धाटन न्यूह्यामसायरका वृद्ध बुबा आमाहरूबाट पानसमा बत्तीवाली गरिएको थियो ।

औपचारिक र साँस्कृतिक गरि २ चरणमा राखिएको यस कार्यक्रममा प्रमुख अतिथि अमृत बहादुर राई, तमु समाज अध्यक्ष तथा एनआरएनएको केन्द्रीय बोर्ड सदस्य अधिवक्ता क्षेत्र कुमारी गुरुङ, नेपाली समाज न्यूह्यामसायरका अध्यक्ष सोम गुरुङ, रोड आइलैंड नेपाली समाज अध्यक्ष उत्सव श्रेष्ठ फिफ्नाका फाउन्डर चेयर पूर्व एनआरएनए अध्यक्ष तथा आइसिसी मानार्थ सदस्य शिव कुमार राई, लगायतले आदिबासी समुदायको महत्व र संस्कृतीबारे आ-आफ्ना धारणा राखेका थिए ।

नेपाली सांस्कृतीको महत्वपूर्ण हिस्साका रुपमा रहेको आदिवासी दिवस अमेरिकामा रहेका नेपाली समुदायमा सफलतापूर्वक आयोजना हुनु आदिवासी समुदायको लागि गर्वको बिषय रहेको बिचार सहित कार्यक्रमको सहयोगको लागि अनेसास च्याप्टर प्रधान सम्पादक ईश्वरी भट्टले संस्थाको तर्फबाट २०० डलर चेक, काठमाडौं स्न्याक सपका प्रोपाइटर कर्मा गम्पोले २५० डलर, नेपाली समाज न्यूह्यामसायर, तमु समाजहरूबाट सहयोग रकमको घोषणा गरिएको थियो ।

 

Comments

comments