नेकपा प्रदेश–२ अध्यक्षबाट प्रभु साहले राजीनामा दिएका छन्। स्थायी कमिटिको दाबेदार मानिएका साह कमिटिमा नपरेपछि असन्तुष्ट थिए।

प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको उनको दुखेसो छ। साहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लाई राजीनामा बुझाएका छन् ।

पहिले डा बाबुराम भट्टराई निकट मानिएका उनी नयाँ शक्तिमा गएनन् । मधेसमा प्रभावशाली र लोकप्रिय मानिएका साहको राजीनामाले नेकपामा संकट आउने देखिन्छ ।

Comments

comments