टेक्ससको अस्टिनमा खुल्ला भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । अस्टिन नेप्लिज भलिबल टिमको आयोजनामा अस्टिन स्थित 2400 Chisholm trail Round Rock, TX 78681 मा सेप्टेम्बर १ का दिन गुर्खाज भलिबल टुर्नामेण्ट हुने भएको हो ।

सेप्टेम्बर १ का दिन बिहान ७ ३० बाट सुरु भै साँझ ५ बजे सम्म चल्ने यस प्रतियोगीका बिजेता टिमलाई २ हजार डलर र उप विजेता टिमलाई १ हजार २ सय डलर सहित टोफि र मेडल प्रदान गरिने छ ।

दर्ता शुल्क ३ सय ५० डलर राखिएको यस प्रतियोगीतामा सहभागी हुन चाहने समुहले अगष्ट २५ तारिख सम्म आफ्नोे नाम दर्ता गर्न सक्नेछन् ।

प्रतियोगीताबारे थप जानकारीका लागि आयोजक संस्थाका सदस्यद्वय रेशम (फोन नं. 281-610-2220 ) र विक्रम (फोन नं.714-851-7317 ) लाई सम्पर्क गर्न सकिने छ ।

 

 

 

Comments

comments