भिम कार्की

सबै भन्दा पहिला मैले सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी वली ज्युको सु-स्वाथ्य तथा दिर्घायुको कामना गर्दछु । दर्जन बढी नेताहरु झण्डै एउटै उमेर , पार्टिमा लागेको पनि संगसंगै जस्तो , पदिय जिम्मेवारीमा केहि फरक भएता पनी समान हैसियत र कार्य क्षमता उस्तै भएका झण्डै ४५ बर्षको लामो राजनैतिक ईतिहास बोकेका नेताहरु हुनुहुन्छ । अरु नेताहरुको बारेमा पछी टिप्पणि गरौंला । चर्चित झापा आन्दोलनका एक जना हुनुहुन्छ केपी वली । त्यसै क्रममा पंचायत व्यवस्था भरी वहा जेल बस्नु भयो र पंचायतको अन्त्यको पुर्व सन्ध्यामा वहा जेलबाट छुट्नु भयो ।

४७ सालको संसदीय निर्वाचनमा झापाबाट पार्टीले दिएको टिकटमा चुनाव जित्नु भयो र गृह मन्त्रि बन्नु भयो । सोही क्रममा सिपि मैनाली र मदन भण्डारीको बिचको सैधान्तिक मतभेदमा वहाँले मदन भण्डारी लाई साथ मात्र दिनु भएन मदन भण्डारीले तयार पारेको बहुदलिय जनबादको आगाडी जनताको बहुदलिय जनबाद थपेर आफु मदन भण्डारी संगैको कसिलो पार्टनर पनि बन्नु भयो ।

बामदेव कामरेडले पार्टी फुटाउँदा तत्कालिन पार्टी महासचिब माधव नेपाललाई साथ मात्र दिनु भएन पार्टिलाई पुरानै अवस्थामा ल्याउन पनि महत्वपूर्ण भूमिका खेल्नु भयो । १० बर्षे मावोबादी युद्दकालमा माओवादीबाट पार्टी कार्यकर्तालाई गरिने हरेक टर्चरको डटेर सामना मात्र गर्नु भएन लगभग एक्लै पुरै १० बर्ष माओबादी युद्दको बिरोधमा उभिनु भयो । आफुलाई पार्टिको केन्द्र भागमा पुर्याउन चानचुने तरिकाले संभव थिएन, वहाँ गृह मन्त्रि भए पछी बाट नै वहाँले बैकल्पिक शक्तिको रुपमा देखाउदै पार्टी भित्र खास खालको गुटको सुरुवात गर्नु भयो । पार्टिको शक्तिशाली पदमा पुग्न वंहालाई पुरै २० बर्ष बिशेष गुट संचालन गर्नुपर्यो । बुटवल महाधिवेसनमै वहाँ पार्टिको सुप्रिमो बन्न चाहनु हुन्थ्यो तर झलनाथ खनालसंग पराजित भए पछी निर्वाचित नेतृत्वलाई सहयोग र स्वीकार होइन ‘नेक टु नेक च्यालेन्ज’ गर्दै देसै भर आफ्ना पक्षको प्यारालल कमिटि बनाउनु बनाउनु भयो र पार्टी अध्क्षय झलनाथ खनाललाई हायल कायल्नै पार्नु भयो ।

पार्टिको नवौ महाधिवेसन सम्म आईपुग्दा वहाँ पार्टी सुप्रिमोको लागी लगभग परिपक्क भए पनि सहज थिएन । झिनो मतको अन्तरमा पार्टी प्रमुख बन्नु भयो । पार्टी प्रमुख बन्ना साथ वंहाले दुईवटा बाणी छोड्नु भयो  १) अब गुट रहेन र गुटको आवश्यकता भएन २) म अब पार्टी अध्क्षय, मेरा लागी सबै बराबर, जहिले पनि सक्तिको पछाडी मात्र दौडने कतिपय नेताको लर्को लाग्यो वंहाको घरमा आफ्नो स्थान सुरक्षित गर्न । अलग धारबाट चुनाव जिते पनि पार्टी अध्क्षयलाई सहयोग गर्नु पर्छ भनेर पार्टिका उपाध्क्ष भिम रावल पुरै वंहाको सहयोगमा जुट्नु भयो । संबिधानसभाबाट आफ्नो संबिधान आफै घोषणा गर्नु पर्छ भन्नेमा दरिलोसंग उभिनु भयो । संबिधानसभा बाट संविधानको घोषणा भयो । पार्टिलाई जसरी पनि बहुमत ल्याउनु थियो र प्रधानमन्त्रि बन्नु थियो वहाँलाई । स्थानिय चुनावको नतिजा हेर्दा नै वहाँलाई के लाग्यो भने संबिधान सभाको चुनावमा एकलै बहुमत ल्याउन सम्भव छैन ।

आफ्नो कम्युनिष्ट राजनीतिको जेलयात्रा पछी भिन्न भिन्न अवस्थामा रहेका कम्युनिष्टहरु मिलेर बनेको माओवादी संगठनको कटु आलोचक वहाँ एकाएक चुनावी समिकरण होइन , पार्टी एकतानै गरौ भनेर तयार हुनुभयो , जुन कुरा सबैको लागी आश्चर्य चकित हुने कुरा थियो । दुनियालाई चकित पार्दै पार्टी एकता मात्र भएन आफ्नो प्रतिकुल स्वास्थ्यको बावजुद पनि देसै भरका चुनावी सभा हरुमा सहभागीहरुको मनलाई पुरै यु टर्न गरिदिनुभयो । जसको परिणाम स्वरूप झण्डै २ तिहाइको बहुमत प्राप्त भयो , त्यो सफलताको पहिलो अंक वहाँलाई नै जान्छ । एकीकृत नेकपाले सानदार रुपमा देसैभर बिजय प्राप्त गर्यो । दुई तिहाइको सरकार बन्यो । सरकारको प्रधानमन्त्रि पनि बन्नु भयो र पार्टी अध्यक्ष पनि हुनु भयो, यहाँ सम्म बहुत राम्रो थियो ।

जब पार्टी जिम्मेवारी र सरकार संचालनको बिषय आयो तब वहाँले आफै घोषणा गरेका महान २ बाणी चटक्कै भुल्नु भयो । केन्द्र देखी स्थानिय तह सम्म राज्य संचालनमा होस वा पार्टी संचालनमा, अवसरमा होस वा जिम्मेवारीमा सबैतिर आफु र आफ्नो पुर्व गुटमा रहने व्यक्तिलाईनै प्राथमिकतामा राख्नु भयो । माथि देखि तल सम्म आफ्नो पुर्व गुटको व्यक्तिलाई दोहोरो तेहोरो जिम्मेवारी दिनु भयो । अब वहाँको पुर्व गुटको कुनै व्यक्ति कुनै अवसर र जिम्मेवारी, यदी पाएको रहेनछ भने त्यो अपबाद मात्र हुने छ ।

एकीकृत पार्टिको सचिवालय निर्माणमै पुर्व एमालेको तर्फ बाट समावेश गरिने कुरामा बिधि र नियम सम्मत छदै थिएन , त्यतिनै बेला बरियता क्रममा झलनाथ खनाल, केपी वली र प्रचण्ड पछि हुनु पर्नेमा माधव नेपालको नाम राखियो, अहिले फेरि माधवलाई तल र झलनाथलाइ माथी पुर्याइयो । निर्वाचित ५ जना उपाधक्ष्य मध्ये पुर्व गुटका बिध्या भण्डारी राष्ट्र प्रमुख, बामदेव गौतम सचिवालय सदस्य तथा हुनेवाला उपाध्यक्ष , संगठन बिभाग प्रमुख र किसान संघको प्रमुख , त्यहि गुटका इश्वोर पोख्रेल रक्षामन्त्रि र सचिवालय सदस्य तथा स्कूल बिभाग प्रमुख , त्यहि गुटका उपमहासचिबलाई एकीकृत पार्टिको महासचिब बनाइयो कुन नियम र बिधानले ? अनि संगैको चुनाव जित्ने अन्य ३ जना उपाधक्ष्य र उपमहासचिब घनश्याम भुषाल चाही जिम्मेवारी बिहिन ? यो के हो ?

सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी वोली ज्यु तपाई राजनीतिको र पार्टिको केन्द्र बिन्दुमा हुँदाहुँदै पनि बिबिध कारणले उत्तरार्धमा हुनुहुन्छ , तपाई र म पनि संगै सुतेको र संगै बसेको अवस्थालाई मैले सम्झाउन चाहान्न  । म आफै पनि गुटगत कारणले पिडीत्नै हुँ ,मेरो गुनासो केहि छैन तर पार्टी बिधी, बिधान र नियमले चल्यो भने तपाईका २ बाणीले मुर्त रुप पाउने छन् ।

 

Comments

comments