युएईमा रहेका नेपाली कामदारले त्यहाँका नागरिक सरहनै उपचार पाउने भएका संभावना देखिएको छ । बिश्वब्यवपी महामारीको संन्त्रासमा बाचिरहेका युएईका नेपाली कामदारका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स ९युएई०का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरे गरेसंगै त्यहाँ रहेका नेपालीले पनि सो देशका नागरिक सरह शुरक्षा र उपचार पाउने संभावना देखिएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार साँझ भएको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमानदार र परिश्रमी भएको बताउँदै उनीहरूले युएईको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
युएई स्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले सामाजिक संजालमा दिएको जानकारी अनुसार यस संवादले सकारात्मक प्रभाव पार्ने संभावना देखिएको छ, राजदुत ढकालले भनेका छन् विशिष्ट घडीमा युएईमा रहेका नेपालीहरूको हित र सुरक्षालाई उच्च महत्व दिई अभिभावकीय स्नेह र संरक्षकत्व प्रदान गर्नुभएकोमा प्रधानमन्त्री ओली र नेपालीहरूलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेमा युवराजप्रति आभार प्रकट गर्दछौं ।”
टेलिफोन बार्तामा युवराज शेख मोहम्मदबाट नेपालीहरूलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको जनाईएको छ ।
प्रतिक्रिया