मोडल तथा गायक महेन्द्र गौतमद्वारा अभिनित नयाँ गीत सार्वजनिक भएको छ । जितन भाई श्रेष्ठको शब्द तथा लय सृजनामा रहेको तिज गीत ‘चरी भरर’ भिडियो सहित सार्वजनिक भएको हो ।
अमृता नेपाली र सितल गुरुङको स्वरमा रहेको यस गीतको भिडियोमा महेन्द्र गौतम र सारिका केसीलाई केन्द्रमा राखेर निर्माण गरिएको यस गीतको भिडियोमा सारदा गीरी काली आमा, दिप केसी, सुमित्रा तामाङ, दिपक बस्नेत, ईस्वरी घिमिरे, माया राम्जाली मगर, दिप गुरुङ, पिन्चेस खतिवडा र अंगुश बुढाथोकीको अभिनय रहेको छ ।
प्रेम विवाह गरेर गएकी युवतीले घरको संघार टेक्ने बित्तीकै ससुराको मृत्यु भएपछि परिवारले ति युवतीलाई कुसंस्कारको आडमा गरेको दुव्यवहारमाथी निर्माण गरिएको यस गीतमा महेन्द्र गौतम मुख्य भुमिकामा रहेका छन् । उनि ति युवतीका दाजुको भुमिकामा छन् । आफुले असाध्यै माया गर्ने बहिनी एक त घरबाट बिदा भएर जानु र अर्को तर्फ उनिमाथी बिबाह भएको घरमा गरिएको ब्यवहारले मानसिक रुपमा विछिप्द बनेको दाजुको कथालाई भिडियोमा देखाईएको छ । जसमा उनि सारीका केसीका दाजुको भुमिकामा रहेका छन् । बहिनीलाई असाध्यै माया गर्ने हुँदा श्रीमती समेत उनिसंग रुष्ट बनेको प्रशंग समेत भिडियोमा चित्रण गरिएको छ ।
दुर्गा पौडेलको निर्देशन र छायांकनमा तयार भएको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् भने सह निर्देशकका रुपमा माधव श्रेष्ठले पनि काम गरेका छन् ।
गायन हुँदै मोडलिङमा प्रवेस गरेका महेन्द्र गौतम पछिल्लो दशकका सफल कलाकार हुन् । नेपाली लोक तथा आधुनिक बिधाका दजर्नौं गीतहरुमा अभिनय गरेका गौतमका हाँस्ने रुने, निष्ठुरे, धोका, मेरो आधा जिन्दगी, घर ज्वाईं, जीउन सिकायौ, बास्ना धुपैको आमा, मुन्छे झील्के झील्के, हुँला नहुँला लगायतका गीतहरु सार्वजनिक छन् । बिषेशत लोक दोहोरी गीतका भिडियोमा देखिने महेन्द्र अभिनित आधुनिक गीतहरु पनि दर्शकले मन पराउँदै आएका छन् । प्रेमी, छोरा, श्रीमान लगायतका सबै भुमिकामा देखिने उनका वियोगान्त गीतहरु वाक्लो संख्यामा रहेका छन् ।
प्रतिक्रिया