फ्रान्सको बियारिट्जमा ‘जी सेभेन’ सम्मेलनको दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच पनि भेटवार्ता भएको छ। भेटवार्ताको क्रममा कश्मीर मामिला बारे पनि छलफल भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

भेटवार्तापछि संयुक्त ‘प्रेस कन्फ्रेन्स’ समेत गरिएको थियो । यस क्रममा नरेन्द्र मोदीले कश्मीर भारत र पाकिस्तानको दुईपक्षीय मामलिा भएको प्रतिक्रिया दिएका छन् ।साथै कुनै पनि देशको मध्यस्तता नचाहने उनले बताए । डोनल्ड ट्रम्पले पनि यसबारे मोदीसँग कुराकानी भएको बताएका थिए । उनले भारत र पाकिस्तान मिलेर आफ्नो समस्या सुल्झाउने अपेक्षा पनि व्यक्त गरे ।

मोदीले ट्रम्पसँगको कुराकानीलाई महत्वपूर्ण भनेका छन् । उनले टेलिफोन गरेर आफूलाई बधाइ दिएको पनि उनले बताएका थिए । साथै अमेरिकाको सुझाव आफूहरुले स्वागत गर्ने उनको भनाइ थियो । मोदीले यसपछि जर्मन चान्सलर एन्जेला मार्केल र फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोसँग पनि भेट गरेका छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।

 

Comments

comments