नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाचारमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवशरमा भएको कार्यक्रमका अवसरमा अध्यक्ष दाहालले पार्टी एकता टुटाउने फुटाउने प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने भन्दै पद प्राप्तीका लागि कुनै विवाद नरहेको बताएका हुन् ।
एकता कायम राख्ने नाममा गलत विचार र प्रवृत्तिको ढाकछोप गर्न नसकिने बताउदै उनले कुनै पनि बहानामा पार्टी विभाजन हुनुहुँदै भन्ने नागरिकको चाहाना नेतृत्वले बुझेको बुझेकाले सोहि अनुरुप विधि र पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताएका छन् ।
प्रतिक्रिया