अमेरकाको टेक्सस राज्यमा १९ वर्षीया छात्रालाई बलात्कार गरी हत्या गरेका एक ब्यक्तीलाई मृतुदण्ड दिईएको छ । सन् २००० मा १९ वर्षीया छात्रा मेलिसा ट्रटरलाई बलात्कार गरेका  ४८ वर्षीय ल्यारी स्वेरिनजेनलाई सो घटनाको १९ बर्षपछि बुधबार मृत्युदण्ड दिईएको हो ।

अभियुक्त ल्यारी स्वेरिनजेनलाई टेक्सासको हन्ट्सभिल कारागारमा घातक सुई लगाएर मृत्युदण्ड दिइएको कारागार प्रशासनले जनाएको छ ।

कारागार प्रशासनका अनुसार टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा यो सहित ४ जनालाई मृत्युदण्ड दिइएको छ ।

 

Comments

comments