औषधी निर्माता कम्पनी जनसन एण्ड जनसनलाई अमेरिकी अदालतले ५७ करोड ७२ लाख डलरको जरिवाना सुनाएको छ । जनसन एण्ड जनसनले दुखाइ रोक्ने औषधीको गलत प्रचार गरेर ओपियोडको लत लाग्ने संकट निम्त्याउन दोषी रहेको भन्दै अमेरिकी अदालतले जरिवाना गराएको हो ।

अमेरिकाको रोग नियन्त्रण निकायको तथ्यांक अनुसार सन् १९९९ देखि २०१७ सम्म ओपियोडको अत्यधिक मात्राको प्रयोगका कारण चार लाख मानिसको मृत्यु भएको थियो र यति घातक कुलतका निम्तयाउन सक्ने खतरा हुँदा हुँदैपनि जनसन एण्ड जनसनले ओपियोडको लत लाग्ने संकट निम्त्याउने यस औषधीको गलत प्रचारमा रोक नलागाएकोले भन्दै अमेरिकी अदालतले ठुलो धन रासीको जरिवाना तोकेको हो ।

जनसन एण्ड जनसनले दुखाइ रोक्ने औषधीको गलत प्रचार गरेर सर्वसाधारणलाई ओपियोडको कुलतमा फसाउन सहयोग गरेको आरोप लागेको लागेको छ । यद्यपी कम्पनीले भने आफूहरुमाथि लगाइएको आरोप झुटो रहेको भन्दै त्यसविरुद्ध पुनरावेदन दिने जनाएको छ ।

ओपियोड निर्माता र वितरकविरुद्ध लगाइएका हजारौं मुद्धामध्ये सुनुवाइ भएको पहिलो मुद्धा रहेको बिबिसीले जनाएको छ । जनसन एण्ड जनसनले तिर्ने रकम ओपियोडको कुलतमा परेकाहरूको उपचार र हेरचाहमा प्रयोग गरिने अदालतले जनाएको छ ।

 

Comments

comments